नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले जवरजस्ती करणी मुद्दामा फरार भएका एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले जवरजस्ती करणी मुद्दामा फरार भएका डुडुवा गाउपालिका वडा नं ३ स्थिन बस्ने ३५ बर्षिय मैनुदिन खाँ लाई सोमवार पक्राउ गरेको हो । जिल्ला अदालत बाँकेले २०६८ जेठ १ गते सुनाएको फैसलाले खाँ लाइ जवरजस्ती करणी मुद्दामा ४ बर्ष कैद सजाय तोकिएको थियो । हालसम्म खाँ फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले सोमवार खाँलाई पक्राउ गरि जिल्ला अदालत बाँकेमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
