(Saturday 25th of July 2026)
`

मिस्टर नेपालगन्ज २०२२ को अडिसन असोज २३ गतेदेखि नेपालगन्जमा

  • सगरमाथा गन्तब्य
  • 10.6K
    SHARES

    नेपालगन्ज : मिस्टर नेपालगन्ज २०२२ को अडिसन असोज २३ गतेदेखी नेपालगन्जमा हुने भएको छ । ओम क्रेयसन नेपालगन्जको आयोजनामा मिस्टर नेपालगन्जको अडिसन असोज २३ गतेदेखी नेपालगन्जमा हुने भएको हो । नेपालगन्जमा असोज २३ गते हुने मिस्टर नेपालगन्ज २०२२ को अडिसनमा बाँकेका हर कोही सहभागी हुन पाउने आयोजक टिमले जनाएको छ ।
    मिस्टर नेपालगन्ज २०२२ प्रतियोगिताको मुख्य प्रायोजक जय सम्भु फर्निचर रहेको आयोजक ओन क्रेयसनकि प्रमुख कार्यकारी अधिकृत प्रेमा ओलीले बताउनुभएको छ । २०१९ बाट शुरु गरिएको मिस्टर नेपालगन्जको तेस्रो सिजन भाद १६ बिहीवार देखि आबेदन खुल्ला गरिएको आयोजक टिमले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । मिस्टर नेपालगन्ज २०२२ ले धेरै कुरा चेन्ज गर्ने भएर आउने अधिकृत ओलीले बताउनुभयो । उहाँले नेपालगन्जका युवाहरुको योग्यता क्षमतालाई उजागर गरि नेपालगन्ज लगायत सिंगो बांकेलाई राष्ट्रिय रुपमा बिस्थापित गर्ने बताउनुभयो । सन २०१९ मा शुररुवात भएको मिस्टर नेपालगन्जको सिजन ३ सम्मको यात्रा तय गरिसकेकोे अधिकृत ओलीले जानकारी दिनुभयो ।
    जय शम्भु फनिर्चर एण्ड होम डेकोर कोहलपुरको मुख्य प्रायोजकमा हुन लागेको मिस्टर नेपालगन्ज २०२२ को सोसल मिडिया पाटनर कोहलपुर ग्यालरी, नेपालगन्ज ग्यालरी रहेका छन । मेकअप तथा हेयर डिजाइनर पाटनरमा असिम नेपालगन्ज, ड्रेस डिजाइनर पाटनर आर्सा नेपालगन्ज, क्लोथिङ सर्पोट क्लोथ प्वाईन्ट नेपालगन्ज, प्रिन्टिङ पाटनर बिएण्डबि हस्पिटालिटी, सेलिबे्रसनमा एम्मी बाइट्स टिर्सट एण्ड टाइटलले सह प्रायोजकको भुमिका खेल्ने कुरा आयोजकले जनाएको छ । १६ बर्षदेखि २६ बर्ष समुहका अविवाहित पुरुषहरुले सहभागिता जनाउने मिस्टर नेपालगन्ज २०२२ को सहभागि हुन चहानेले ५ सयमा रजिस्टेशनको फर्म खरिद गरि आफनो नाम दर्ता गराउन सक्न आयोजक टिमले जानकारी गराएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology