नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले लागू औषध मुद्दामा फरार भएका एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले लागू औषध मुद्दामा फरार भएका कोहलपुर नगरपालिका वडा नं. १४ बस्ने २७ बर्षिय भरत दरैलार्ई आइतवार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत बाँकेले २०७८ असोज ४ गते सुनाएको फैसलाले दरैलाई लागू औषध मुद्दामा ३ महिना १२ दिन कैद सजाय र रु. ५ सय जरिवाना तोकिएको थियो । हालसम्म दरै फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आइतवार दरैलाई पक्राउ गरि जिल्ला अदालत बाँकेमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
