(Saturday 25th of July 2026)
`

श्रीमानको उपचारका लागि भयभरको सम्पत्ती सकियो अब उपचारमा सघाउन अपिल

  • सगरमाथा गन्तब्य
  • 13.9K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० मनिकापुर गायत्रीनगरका मनिराम विक २०६६ साल लकडाउन पहिले राम्रै कमाईका साथ जिवन विताईरहनुभएको थियो ।
    आफ्नै एकतले सानदार घर, निजी बस, सुनचाँदी उस्तै दैनिक कमाई राम्रै, घरमा आफन्त, इष्ट्र मित्रको आवतजावत उस्तै थियो । के गर्नु दैबको लिला २०६६ चैतमा लकडाउन सुरु भयो । लकडाउनसंगसंगै उहाँको जिवनमा बज्रपात पनि आइलाग्यो । उहाँ एक्कासी थला पर्नुभयो । चेकअप गर्न जाउँ जताततै बन्द छ । नेपालगन्ज लुकी लुकी औषधी उपचार गर्न जानुपथ्र्याे मनिरामका श्रीमति हिरा बुढामगरले भन्नुभयो । उहाँको स्वास्थ्यमा समस्या देखा परेपछि सँन्चो नहुन्जेल उपचार गर्न तिर मेरो ध्यान गयो । हरेकसंग राम्रो उपचारको लागि सल्लाह सुझाव लिन्थे । जसले जहाँ राम्रो ठाउँ भन्थे त्यही लग्थे । नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल नेपालगन्ज, काठमाण्डौं, भारत दिल्ली लगायतका विभिन्न शहरमा पनि श्रीमानको उपचारका लागि पुग्यो । सन्चो भएन । भएको सम्पत्ती पनि सकियो । उपचारमा धेरै खर्च भयो सँन्चो भएन न कसैले सहयोग गरे । उहाँको दुवै मृगौलामा देखिएको समस्या समाधान भएन । उपचारका लागि भारतमा १ महिना बस्यो उपचारमा केही कमि नआएपछि नेपाल फर्कियो । भएको ३÷४ लाख उतै सकियो । नेपालमा हरेक चोटी चेकजाँच गरेको उत्तिकै खर्च लाग्ने गरेको छ श्रीमति बुढामगरले बताउनुभयो । घरमा कमाउने मान्छे विरामी भएपछि कमाएर ल्याउने कोही भएनन् । भएको आफन्त पनि विरामी देखेपछि टाढिन थाले । पहिले पहिले घरमै हप्तादिन बसेर जाने आफन्तहरु अप्थ्यारो पर्दा सम्झन छाडे उहाँले भन्नुभयो । सुखमा त जसले पनि साथ दिदो रहेछ भैपर्दा आफन्त पनि टाढा हुने गर्दौरहेछन उहाँले भन्नुभयो । कमाई शुन्य खर्च अधिक हुन थालेपछि घरमा भएको सम्पत्ति बाहेक अरु केही विकल्प भएन् । घरमा भएको बस पनि विक्रि गरे, घरपनि नयाँ हालेका थियौ घर विक्रि गरे, घाँटी र कानमा लगाएको सुनचाँदी पनि धितो राखे । अव सम्पत्तिको नाममा श्रीमान श्रीमति र्छौं उहाँले रुदै भन्नुभयो । श्रीमान बाँचे पुग्यो मलाई सम्पत्ति त पछि पनि जोडन सकिन्छ उहाँले भन्नुभयो । श्रीमानको उपचारका लागि सबै सम्पत्ति विक्री गरे अव केही छैन श्रीमानलाई बचाउन उहाँले गुहार माग्दै आउनुभएको छ ।
    देश विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीवहिनीहरुले जति सके सक्दो सहयोग गर्न उहाँले अपिल गर्नुभएको छ । भएको सम्पत्तिले पुगेन अव जति सके सहयोग गरि मेरो श्रीमानलाई बचाई दिन उहाँले आग्रह गर्नुभयो । भएको सम्पत्तिले उपचार खर्च गर्न नपुगेपछि स्थानिय गाउँ टोलकै समुहबाट करिव १० लाख ऋण समेत निकालेर उपचार गरे त्यतिले पनि पुगेन । अव मेरो श्रीमानलाई बचाउन मनकारी हातहरुको खाँचो छ उहाँले भन्नुभयो । मान्छेलाई बचाउन एक मृगौला काफी भएको हुनाले जति सक्दो सहयोग गरि मेरो श्रीमानको बाँच्ने बातावरण बनाउन उहाँले हरेक संघसंस्था, स्थानिय सरकार, व्यक्ति, समुह, क्लवलाई आग्रह गर्नुभएको छ । सुरुमा राम्रै थियो । पछि एक्कासी हिड्ने समस्या आयो । काममा जान पनि छाडे । आफ्नै बसको कमाई पनि देखिन थालेन पछि सस्तोमा बेच्न बाध्य भयौ मृगौला पिडित मनिराम विकले भन्नुभयो ।


    राम्रो भएको बेला पनि आफुसंग पहिले केही थिएन । मेहनतले कमाएर जोडेको सम्पत्ति पुरै उपचारमा सकियो उहाँले निराश हुदै भन्नुभयो । बाँच्नको ठेगान छैन सम्पत्ति चाही सकियो । आफन्त पनि टाढा भए । घरमा एक गास खाना लाउन अहिले गाह्रौ भैरहेको अवस्थामा उपचार खर्च कसरी टाल्ने उहाँले रुदै जति सके सहयोगको अपिल गर्नुभयो । बाँच्न सके सम्पत्ति त अझै जोडन सकिन्छ उहाँले भन्नुभयो ।
    यति बेला मनकारी हातको खाँचो छ उहाँले भन्नुभयो १ रुपैया पनि यतिवेला अमुल्य भएको हुनाले सक्दो सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । उहाँलाई निम्न ठेगानामा सम्पर्क गर्न सकिन्छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० गायत्रीनगर । उहाँको सम्पर्क मोबाईल नं. ९८६८०२५८१२, ९८४८१०१६२१ यदि उहाँलाईं देश विदेशबाट पनि सहयोग गर्न चाहने व्यक्ति वा संघसंस्थाका लागि उहाँको श्रीमति हिरा बुढामगर (हिरा देवी धामी) को नाममा रहेको बैंक अफ काठमाण्डुमा रहेको खाता नं. २१०५००००३७४४५२४ जम्मा गरि सहयोग गर्न सकिने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology