(Saturday 25th of July 2026)
`

सरकारसंग राहतको गुहार माग्दै नरैनापुरवासी (फोटो फिचरसहित)

  • खडेरीले रोपेको धान, बिउ सुकेपछि पशु चराउन बाध्य
  • सगरमाथा गन्तब्य
  • 15.7K
    SHARES

    आशा परियार , बाँके, नरैनापुर : बाँकेको नरैनापुर गाउँपालिकामा सिचाइको व्यवस्था नहुँदा ९० प्रतिशत खेत बाँझाँे नै देखिएको छ । भदौ महिना लाग्दा समेत आकाशे पानी नपरेपछि नरैनापुरका ९० प्रतिशत खेत बाँझाँे नै देखिएको हो । आकाशे पानीको भरमा खेती गर्दै आएका नरैनापुरका सत प्रतिशत किसानहरुले खेत रोप्न पाएका छैनन् । रोप्न तयार भएको धानको ब्याड र रापेको १०, १५ प्रतिशत धान पनि खेतमै सुकेर पहेलो भएपछि धान काटेर पशुलाई खुवाउँन र खेतमा पशु चराउन नरैनापुरबासी बाँध्य भएका छन् । नरैनापुर गाउँपालिका ५ जमुनाहका मोहम्मद जोहुर शेषले २ बिगहा खेतमा धान रोप्न नपाएको बताउँनुभयो । “उहाँले भन्नुभयो मैले ऋण खोजेर मोटरबाट पानी लगाएर धानको बिउ राखे । आकाशे पानीको भरमा पर्दा पर्दै असार सकिएर साउन पनि सकियो तर पानी परेको छैन । अव त केही बचेको छैन, धान सुकेर पहेलो भयो के खाने ? भोकमरीले मर्ने डर छ उहाँले भन्नुभयो ।”


    नरैनापुर ५ जमुनाहकै अर्का किसान रामबच्चा पासीले पनि धान रोप्न पाउँनुभएको छैन । “बटैया लिएर धान खेती गर्छौ तर यो बर्ष नरैनापुरमा आकाशे पानी परेको छैन खेती गरेर खान नसकिएला जस्तो छैन निरास भएर उहाँले भन्नुहुन्छ ।” आकाशे पानीका बाटो हेर्दा हेदै धानको बिउ र रोपेको धान पनि सुक्यो । अव त पानीको केही भरोसा छैन पानी परे पनि रोप्ने समयअवधि सकिसकेको छ यो बर्ष खेती गरेर खाने आश पनि मरिसक्यो उहाँले भन्नुभयो ।
    “असार र साउन महिना बादल हेरेर बित्यो नरैनापुर ५ जमुनाहकै किसान सुदामा तमौलीले भन्नुभयो । पानी कै परखाइमा रोप्न राखेको बिउ र रोपेको धान खेतमै सुकिसक्यो । मोटर र बोरिङको सहारामा केही कट्ठा खेतमा रोपेको धान पानी नपाएर पहेलो भएको छ । पानी नपरेर धानको बिउ सुक्न थालेपछि गाई–भँैसी–बाख्रालाइ खुवाउँन बाध्य भएका छौ सुक्न थालेको ब्याड र रोपेको धान देखाउँदै उहाँले भन्नुभयो ।


    उहाँ निरास हुँदै भन्नुभयो आफू के खाने ? बालबच्चालाई के खुवाउने ?” “पानी नपाएर बिउ र रोपेको धान सुकेपछि खेतमा भैसी चराउन थाले नरैनापुर ५ जमुनाहाका स्थानीय राजकुमार पासीले गाई–भैसी चराउँदै भन्नुभयो । पानी नपरेर शत प्रतिशत खेत बाँझो नै रहेकोले नरैनापुरका स्थानीयवासीमा उदासिनता छाएको छ ।
    नरैनापुरमा १० प्रतिशत जमिनमा मात्र रोपाइँ भएको र त्यही रोपाइँ भएको धान पनि सुक्दै गएपछि सिंगो नरैनापुरका स्थानीयवासी चिन्तीत भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउँनुभयो । नरैनापुरमा कृषि खेती बाहेक अन्य कुनै स्रोत नभएकोले नरैनापुरवासी राहत दिन गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गर्दै सरकार संग सहयोगको लागी अपिल गर्नु भएको छ । सरकारले बाँकेको दुर्गम क्षेत्र भनेर नरैनापुरलाई घोषणा समेत गरेकोले अन्य पालिका भन्दा नरैनापुरको लागि विशेष योजनाका साथ बजेट बिनियोजन गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
    नरैनापुरका हरेक वडामा ३ वटा सिचाइ बोर्रिङ्गको व्यवस्था गरेपछि अगामी दिनमा किसानलाई खेती गर्न राहत मिल्ने अध्यक्ष शाहले बताउनुभयो । क्षेत्र नं. १ को (क) बाट निर्वाचित नरैनापुरका सांसद कृष्ण केसी नमुनाले नरैनापुरको सिचाइ समस्या समाधानको लागी आइराखेको बताउनुभयो । आकाशे पानीको भरमा नरैनापुरमा खेती किसान हुने गरेको उहाँले बताउनुभयो ।


    “२ वर्ष अगाडी नै नरैनापुरमा सिक्टा सिचाइ आइपुग्ने योजना केही जग्गा विबादले अबरोध कारण अहिले मेरो संयोजकत्वमा नापजाप गर्ने र सर्वे गर्ने काम भर्खर मात्र सफल भएको छ उहाँले भन्नुभयो ।” नरैनापुरलाई सुख्खा क्षेत्रको माग गर्दै भदौ १ सम्म पनि पानी नपरेकोले अव पानी लगाएर धान उत्पादन गर्ने सम्भव नदेखिएकोले नरैनापुरलाई सबैको सहयोगको आवश्यक रहेको उहाँले औल्याउनु भएको छ ।
    यस वर्ष प्रकृतिले पनि नरैनापुरलाई अन्याय गरेको छ । १० प्रतिशत रोपाइ भएको धान पनि सुकेकाले धान उत्पादनको आशा गर्न सकिने अवस्था नरैनापुरको किसानमा देखिदैन । सिचाइको अभावले नरैनापुरका किसानहरुको जीवन कष्टकर बन्दै गएको छ । यो बर्ष प्रकृती समेतले दुःखको चटारो हाने पछि सरकारसँग राहतको गुहार माग्दै छन् नरैनापुरवासी ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology