(Wednesday 28th of October 2026)
`

कृषि जन्य उत्पादनहरु खरिद, बिक्रिले कृषक खुशी

  • सगरमाथा गन्तब्य
  • 8.9K
    SHARES

    नेपालगन्ज, – शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित शिव शिखर कृषि जन्य उत्पादनहरु खरिद तथा विक्रि केन्द्र बैजनाथ ८ चाँदनी गार्डेन मार्टले कृषकहरुका लागि उदाहरणिय कार्य गर्दै आएको छ ।
    कृषकहरुका लागि चाहिने सम्पुर्ण सामाग्री सहज र शुलभ तरिकाले पाउने व्यवस्था भएको हुनाले कृषक खुसी भएका हुन् । कृषकका लागि चाहिने अति उपयोगी उपकरण तथा कृषि खाद्य बस्तु विक्रि तथा खरिदको व्यवस्था शिव शिखरले गर्दै आएको हुनाले यसबाट कृषकहरु धेरै लाभ लिन सफल भएको शिव शिखर कृषि जन्य उत्पादनहरु खरिद तथा विक्रि केन्द्र बैजनाथ ८ चाँदनी गार्डेन मार्ट शाखाका प्रमुख समिक्षा खनालले बताउनुभयो । स्थानिय किसानले उत्पादन गरेका बस्तुहरु यस संस्थाले साना साना बस्तुपनि किसानको किन्ने र ठुलो परिणाम गरि विक्रि पनि गरिने गरेको शाखा प्रमुख खनालले बताउनुभयो ।
    किसानहरुले उत्पादन गरेको साना देखि ठुला परिणामसम्मको कृषि जन्य उत्पादन खरिद गर्ने र खरिद गरिएको सामान विक्री समेत गरिने गरेको शाखा प्रमुख खनालले जानकारी गराउनुभयो । शिव शिखरले कृषकले उत्पादन गरेको धान, गहुँ, तोरी, आलु, लसुन, मसुरो, मकै, चना लगायतका अन्नवाली विक्री गर्दै आएको स्थानिय कृषक सिता सुनारले भन्नुभयो । हामीलाई शिव शिखरले खोलेको खरिद विक्री केन्द्रले स्थानिय कृषकले धेरै लाभ दिन सफल भएको उहाँले बताउनुभयो । कृषकले जतिवेला पनि खरिद विक्री गर्न पाईने भएको हुनाले यसबाट स्थानिय जनता सन्तुष्ट रहेको उहाँले जानकारी गराउनुभयो । खरिद विक्री केन्द्रले गर्दा किसानलाई घरायसी सामान किनमेल गर्न सहज भएको उहाँले बताउनुभयो ।
    शिव शिखरले कृषकलाई चाहिने मेसिनरी सामान समेत उपलव्ध गराउदै आएको छ । कृषकलाई चाहिने सम्पुर्ण मेसिनरी सामान जस्तै चापकटर, मिनि टेलर, वाटरपम्प, स्प्रे ट्याङकर, मिल्क क्यान, कम्माईन्ड राईस मिल, ब्रसकटर लगायतका अन्य कृषि उपकरणहरु उपलव्ध रहेको गार्डेन मार्ट शाखा कार्यालय चाँदनी चोक बाँकेले जनाएको छ । कृषकलाई चाहीने सम्पुर्ण सामान शिव शिखरले पुरा गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology