नेपालगन्ज : कक्षा १० मा पढ्दै गरेका सुरेन्द्र यादव नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मनिकापुरको वडा स्तरीय बाल क्लब र मंगल प्रसाद मा.बि का अध्यक्ष हुनुहुन्छ । सानैदेखि बाल क्लबमा बसेर आफ्नो प्रतिभा देखाउँदै आउँनुभएको सुरेन्द्र क्लबमा बस्न पाउँदा खुसी भएको बताउँनुहुन्छ । पढाइलाई निरन्तरता दिँदै आउँनुभएका यादबको रोजाइमा बाल क्लब परेको छ । पढेर बचेको समय बाल क्लबमा बिताउँने गरेको उहाँ बताउँनुहुन्छ ।
“पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय हुनुपर्छ” उहाँ भन्नुहुन्छ “बाल क्लब हामीजस्ता बालबालिकाको रोजाइ बनेको छ ।” वडा स्तरीय बालक्लबमा आबद्ध उहाँ अहिले मंगल प्रसाद मा.बि र वडा स्तरीय बालक्लव समेतको अध्यक्ष बन्नुभएको हो । क्लबले शनिबार र अन्य सार्वजनिक बिदाका दिन समुदायमा सरसफाइ तथा अरू रचनात्मक कार्यक्रम गर्ने गरेको उहाँले बताउँनुभयो । त्यस काममा अभिभावक विद्यालय तथा अन्य संघ संस्थाले पनि सघाउने गरेको उहाँ बताउँनुहुन्छ ।
बाल क्लबमा आबद्ध भएपछि यादबको सक्रियतामात्र नभइ उहाँको स्वभाव आनीबानीमा पनि सकरात्मक परिवर्तन आएको उहाँले बताउँनुभएको छ । पहिले केही कुरा राख्नलाइ बोल्न डर मान्ने उहाँ अहिले सबैका अगाडी नडराई आफ्ना कुरा स्पष्टले राख्न सक्ने बालक्लवकै माध्यमले भएको उहाँले जानकारी गराउँनुभयो । “पहिले शिक्षकका अगाडी जान पनि डर लाग्थ्यो तर अहिले नजानेका कुरा क्लबभित्रै छलफल गर्छाैं, क्लबका साथीबाट समाधान नभए निरधक्कका साथ शिक्षकसंग सोध्छौं ।” बाल क्लबले सुरेन्द्रको मात्र नभइ धेरै बालक्लबमा आबद्ध रहेका बालबालिकाको बानि व्यहोरामा सकरात्मक परिवर्तन ल्याएको छ । नियमित विद्यालय जानु, साथीसँग भेट्नु, अतिरिक्त क्रियाकलापमा भाग लिनु उहाँकोे दैनिकी भएको छ । विद्यालय तथा बाहिरी क्षेत्रमा हुने हरेक प्रतियोगितामा उहाँ अग्रसरता देखाउँनुहुन्छ ।
पहिलो प्राथमिकता पढाइलाई दिएको र त्यसपछि मात्रै अरू अभियानमा लाग्ने गरेको उहाँले बताउँनुहुन्छ । बालबालिका देशका कर्णधार भएकाले पनि हरेक क्रियाकलापमा साथ दिनुपर्ने उहाँले भन्नुहुन्छ । बालबालिकाका लागि भनेर सरकारले बजेट छुट्याउने गर्छ तर त्यसबारे बालबालिकाले थाहा नपाउने गरेको उहाँकोे भनाइ रहेको छ । बाल क्लब सञ्चालन तथा रेखदेखका लागि नगरपालिकाले पनि प्राथमिकता दिनुपर्ने र बालक्लब तथा बालबालिकाको क्षेत्रमा छुट्याइएको बजेटको सदुपयोग गरे मात्र बालबिकास हुने कुरामा उहाँले जोड दिनुभयो ।
उहाँले बालक्लव मार्फत बिभिन्न संघ संस्था र बिद्यालयसंग सहकार्य गरेर असहाय , आर्थिक स्थिती कमजोर भएकालाई शिक्षाको पहुँचमा पु¥याउँने कार्य गरेको बताउँनुभयो । बालक्लवमा भएका निस्क्रिय सदस्यलाई सक्रिय बनाउँन बालक्लबले महत्व पुर्ण भुमिका खेलेको उहाँले बताउँनुभयो ।
