कैलाली, १२ वैशाख । एन–प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृत फेला परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका– ९ मसुरियामा शिक्षक भुसाल मृत फेला परेका हुन् । जिल्लाको रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्णप्रसाद भुसाल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । भुसाल निजी विद्यालयहरुको संगठन एन–प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेको खुलेको छ । स्थानीयले भने उनको हत्या भएको हुन सक्ने आशंका गरेका छन् । हत्या आशंकासँगै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मृत भेटिएका भुसालको शरीरमा चोट र घाउ समेत देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले भुसालसँगै मदिरा पिएका एक जना साथी र होटल सञ्चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० वर्षीय भुसाल पुर्व–पश्चिम राजमार्गको पहलमानपुर बजारबाट एक किलोमिटर पश्चिममा मृत फेला परेका हुन् ।
