(Wednesday 28th of October 2026)
`

नाचगान सहित थारु समुदायले नेपालगन्जमा गुरही पर्व मनाउने

  • सगरमाथा गन्तब्य
  • 22.3K
    SHARES

    नेपालगन्ज : नेपालगन्जका थारु समुदायका अगुवाहरुले गुरिया (गुरही) पर्व मनाउने तयारीमा व्यस्त देखिएका छन् । यही साउन १७ गते मंगलवार आउँदै गरेको थारु समुदायका गुरिया (गुरही) पर्व दिन थारु समुदायका अगुवाहरुले साँस्कृतीक नाचगान सहित गरही पर्व मनाउने तयारीमा व्यस्त देखिएका हुन् । शनिवार बसेको थारु कल्याणकारिणी नगरसभा नेपालगन्जको बैठकले नेपालगन्जमा गुरही पर्व मनाउने निर्णय गरेको थियो ।
    थारु कल्याणकारिणीका नगरसभा नेपालगन्जको बैठक अनुसार थारु समुदायका गुरही पर्व साँस्कृतीक नाचगान सहित नेपालगन्जमा मनाउने भएको छ । प्रत्येक बर्ष नागपञ्चमीको दिन मनाउँने यस पर्वमा थारु समुदायका व्यक्तिले ब्रत बसि नाचगानका साथ गुरही पर्व मनाउँने थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारुले बताउँनुभयो । उहाँका अनुसार यो पर्व थारु समुदायको गाउँ वा नगरको चोक चोकमा गुरही पिटेर गुरही पर्व मनाइन्छ ।


    बाल पर्वको रुपमा समेत चिनिने गुरही – गुरिया पर्वले दाजुभाइ र दिदीबहिनीहरु बिच रहेको अटुट माया, र प्रेम सम्बन्धलाई स्मरण गराउँनुको साथै त्यसैलाइ अझँ प्रगाढ बनाउन पनि मद्दत गर्ने अध्यक्ष थारुले जानकारी गराउँनुभयो ।
    गुरिया पर्वको अवसरमा थारु भेषाभुषामा गुरही पिट्ने र थारु परिकारका साथ, सांस्कृति नाचगानका सहित शुभकामना अदानप्रदान तथा स्थानीय तहमा निर्वाचित बाँकेका ८ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा थारु जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष थारुले जानकारी गराउँनुभयो । नेपालको समुदायले गुरिया वा गुरही पर्व हर्र्षोल्लास पूर्वक मनाउने र आ – आफ्नो कुल देवतालाई गाइकाको दुध चढाउने दिनकोे रुपमा पनि चिनिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology