नेपालगन्ज १२ बैशाख
विश्वमा कोरोना भाइरस फैलिएसंगै सरकारले नेपालमा लकडाउन गरेको एक महिना बढि भएको छ ।
संक्रमण फैलिन नदिन सरकारले लकडाउन आव्हान गरेपछि बाँके र बर्दियाका स्थानीयहरुले समेत भित्री सडकहरुमा बाटो रोक्ने गरेको पाइएको छ । सरकारले लकडाउन आव्हान गरिसकेको अवस्थामा सडक अवरुद्ध गर्न नपाइने भने पनि प्रदेश नं. ५ को विभिन्न जिल्लाका बाटोमा बाँसको ढाट लगाइएसंगै लकडाउनको पालना गरौं कोरोनाबाट बचौं भनेर व्यानरमा लेखेर टाँसेको पाइन्छ । यस्तै बाँकेको नेपालगन्ज बजारका भित्रि भागमा पनि सडक लकडाउन गरिएको छ । स्थानिय प्रशासन मौन छ । लकडाउनका कारण अत्यावश्यक बस्तु पनि त्यस क्षेत्रभित्र प्रवेश गर्न पाईएका छैनन् ।

विरामी पर्दा एम्बुलेन्स जस्ता प्रहरी प्रशासनको ड्युटि समेत त्यस क्षेत्रमा आउन नसकेको अवस्था सृजना भएको छ । स्थानियका अनुसार यस्तो कार्य राम्रो होइना चोरी, झै झगडा, आगलागी वा अन्य अपराधका घटना घटे एम्बुलेन्स र दमकल समेत आउन समस्या हुन्छ एक स्थानियले भन्नुभयो । नेपालगन्ज धम्बोझीका विभिन्न स्थानमा लकडाउन गरिएको छ । जस्तै धम्बोझी टोल, चन्दननाथ टोलमा पुर्णरुपमा लकडाउन गरिएको छ जहाँ लेखिएको छ बाहिरका बासिन्दा चन्दननाथ टोलमा आवतजावतमा रोक लगाईने भनिएको छ ।
स्थानीयहरुले बाँसको बार लगाएर भित्री सडकमा बाटो अवरुद्ध गर्दा पैदल यात्रु र सवारी साधन सञ्चालनमा कठिनाई हुने गरेको छ । तरकारी, खाद्य सामग्री ल्याउने लैजानेलाई मात्र नभइ विरामीहरु समेत आवतजावत गर्नुपर्ने अवस्थामा बाटोमा अवरोध हुँदा समस्या हुने गरेको छ । कोरोना संक्रमण फैलिन नदिन बाहिरबाट आउनेलाई टोलमा प्रवेश गर्न नदिन आफुहरुले बाटो प्रवेशमा रोक लगाएको स्थानीयहरुले बताएका छन् । उनीहरुले भित्री सडक अवरोध गरेर टोल टोलमा सुरक्षा अपनाएको उनीहरुको भनाइ छ ।
