(Wednesday 28th of October 2026)
`

भोकभोकै हिड्ने पैदलयात्रुलाई कोहलपुरमा खानाको व्यवस्था

  • सगरमाथा गन्तब्य
  • 12.5K
    SHARES

    नेपालगन्ज १२ बैशाख-  बाँकेको कोहलपुर चौराहामा बाहिर जिल्लादेखि आएका पैदलयात्रुलाई खाना खुवाउने व्यवस्था गरिएको छ । लकडाउनको लामो समयपछि बन्दमा परेका नेपाली नागरिक घर फर्किन थालेका छन् । कतिन्जेल बाहिर विना कामको बस्ने भन्दै उनिहरु घर फर्किन थालेका हुन् । लामो दुरीको यात्रा त्यसमा पनि भोकभोकै हिडनुको पिडालाई बाँके जिल्लाको कोहलपुरमा विभिन्न संघसंस्थाले अलपत्र तथा बाटोमा भोकभोकै हिडने बाटुवालाई खाना खुवाउने व्यवस्था गरिएको हो । प्रदेश नं. ५, ६ र ७ को मुख्य प्रवेशद्धारा कोहलपुर चौराहमा गत बुधवारदेखि सामुहिक भोजको आयोजना गरि खाना, पानीको व्यवस्था गरिएको हो । बिभिन्न जिल्लाबाट कोहलपुर आईपुगेका अलपत्र पैदल यात्रुहरुलागि बुधबारदेखी ‘भोजन ब्यवस्थापन अभियान’ सुरु गरीएको हो । कोहलपुर प्रजातान्त्रिक व्यवसाय संघ, नेपालगन्ज मेडिकल कलेज कोहलपुर र नेपाली काँग्रेस कोहलपुर वडा नं. ११ कार्यसमितीको संयुक्त आयोजनामा संचालन गरीएको सामुहिक भोज कार्यक्रममा दैनिक ४ सयको हाराहारीमा बटुवालाई खाना खुवाईदै गरिएको छ । लकडाउनका कारण भोकै हिडिरहेका पैदल यात्रुहरुलाई उद्धार गरी भोजमा सहभागी गराईएको कोहलपुरका ब्यापारी तथा भोजन ब्यवस्थापन कार्यक्रमका ब्यवस्थापक लक्ष्मणराज पौडेलले जानकारी दिनुभयो । बाटोमा हिड्ने बटुवाहरुलाई बजार तथा होटल बन्दको अवस्थामा खानाको व्यवस्था गरिएको उहाँले जानकारी गराउनुभयो । बुधवारदेखी सुरु भएको उक्त अभियानलाई निरन्तरता दिईने बताउँदै पौडेलले सामाजिक दुरीको सिद्धान्तलाई ख्याल गरिएको दावी गर्नुभयो । पैदययात्रुलाई सामाजिक दुरी, सावुनपानीको समेत व्यवस्था गरिएको हुनाले सोही अनुसार दुरी कायम गरिएको उहाँले जानकारी गराउनुभयो । खाना खुवाएपछि उनिहरुलाई सम्बन्धित जिल्लाको सिमानासम्म पुर्याउने ब्यवस्था मिलाईएको र त्यसकालागि विभिन्न निकायसँग समन्वय गरीएको पौडेलले जानकारी दिनुभयो । मानविय नाताले पनि भोकभोकै हिड्ने बटुवालाई खानाको जोहो गर्नु आफ्नो दायित्व रहेको अर्का व्यवसायीले भन्नुभयो ।

    मानवले मानवको नातापुर्ती गर्नुपर्छ उहाँले भन्नुभयो । यहाँ त राजनीतिकरण भयो भनेर यहाँको नेताहरुले विरोध समेत गर्ने गरेको देखेर उहाँले दुखेसो पोख्नुभयो । यस्तै लामो दुरी पार गरेर कोहलपुर चौरहामा आएर पेटभरि खाना पाएको एक जना बटुवाले भन्नुभयो । कोहलपुर चौराहामा दैनिक ५,६ सय जना पुर्व पश्चिम जाने यात्रु अलपत्र अवस्थामा रहेका हुन्छन् । कोहलपुर चौराहादेखि प्रदेश नंं ६ को जाजरकोट, सुर्खेत, दैलेख, प्रदेश नं. ७ का कैलाली, कन्चनपुर र प्रदेश नं ५ का विभिन्न जिल्लामा जाने यात्रुहरुको विचल्ली अवस्थामा दैनिक देख्न सकिन्छ । उनिहरुको व्यवस्थानका लागि कोहलपुरका स्थानियवासी दैनिक सयौ केजी चामल, दाल, सोयाविन, तेल, पानीको व्यवस्था गरि पैदलयात्रुलाई खाना खुवाउने व्यवस्था गरिदै आएका छन् । पुर्वपश्चिम राजमार्ग अन्तरगत आउने जुनसुकै ठाउँका वासिन्दालाई खाना खुवाउने गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology