नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा जनप्रतिनिधि आएपछि वडालाई सरसफाईमा बढि जोड दिईएको छ । वडा नं. ४ को आयोजनामा वडालाई सरसफाई मुक्त बनाउन हरेक शनिवार वडाको टोल टोलमा सरसफाई गरिन थालेको हो ।
आज वडाको वसपार्क बाईपास रोडमा नियमित सरसफाई गरिएको वडा अध्यक्ष गोपाल पुनले जानकारी गराउनुभयो ।
नेपालगन्जलाई सफा र हराभरा बनाउँन र नगरमा जनचेतना फैलाउन नेपालगन्ज वडा नं. ४ को वडा अध्यक्ष पुन स्वम सरसफाई अभियानमा जुट्नुभएको छ । वडा अध्यक्ष पुन हातमा हसिया र झाडु लिएर हरेक शनिवार आफ्नो टिम सहित सडकमा सरसफाइ गर्न व्यस्त देखिनुहुन्छ । नेपालगन्जलाई क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज बनाउँन नगरको मात्र जिम्मेवारी नभएर नगरभित्रको प्रत्येक वडावासीको जिम्मेवारी रहेको वडा अध्यक्ष पुनले औल्याउनुभयो ।
सरसफाई अभियान मार्फत वडाका हरेक टोलमा टोल समिती गठन समेत गर्दै आएको वडा अध्यक्ष पुनले बताउनुभयो । सरसफाई सम्बन्धि तालिम दिएर जनचेतना फैलाउने कार्य निरन्तर रहने वडा अध्यक्ष पुनले भन्नुभयो ।” टोल समितीको व्यक्तिहरुलाई भ्रमणको व्यवस्था र बार्षिक रुपमा राम्रो काम गर्ने समितीलाई उत्प्रेरणाका लागि वडाबाट सम्मान समेत गर्ने योजनाका साथ सरसफाई अभियानमा निरन्तर जुटेको वडा अध्यक्ष पुनले बताउँनुभयो ।

देवाफुलवारीबाट सुरु गरिएको अभियानलाई दोश्रो पटक नेपालगन्ज ४ गुम्वा मन्दिर स्थित सडकमा सरसरसफाई र तेश्रो पटक बसपार्क बाईपासमा सफाई गरिएको अध्यक्ष पुनले बताउनुभयो । नेपालगन्ज उपमहा–नगरपालिका वडा नं ४ को आयोजनमा क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज अन्तर्गत गरिएको सरसफाई अभियान कार्यक्रममा स्थानीयहरुले झाडु, फरुवा, हसिया लिएर नेपालगन्ज शहरलाई सुन्दर र हराभरा बनाउँन सडक सरसफाईमा जुटेका छन् । वडाले हरेक टोल टोलमा टोल सफाई समिति गठन गर्दै आएको छ ।
मुना हमालको अध्यक्षतामा एकतानगर टोल सरसफाई समिति गठन तथा शनिवार नै एकतानगर टोलमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
