- जेनिशा रावल –
मेरो प्रिय बुवा म तपाइकी छोरी जेनिशा रावल
कि तपाइले बिर्सिनु भयो र बुवा ?
तपाइले नै हुर्काएर ठुली भएकी
तपाइकी छोरी जेनिशा हुँ बुवा
तपाई प्रति इज्जत मान र प्रतिष्ठा
यो गगन भन्दा प्रति बढि छ बुवा
मलाई हजुर प्रति केहि गुनासो छैन तर
पनि हजुरले मलाइ नबुझिँदिदा
अलिकति चित्त त मेरो पनि दुख्छ बुवा
न दाज्नुहोस बुवा मलाइ फलानो को छोरीसंग
हरेक मानिसको अस्तित्व फरक फरक हुने गर्दछ
आजको डुब्न लागेको घाम भोली बिहान
फेरी पनि त निस्कन्छ
मलाइ ति फेसबुकका पानामा बधाईका
ठुला ठुला बचन चाहिँदैन बुवा
मात्र मैले चालेका पाइलामा साथ दिदिनुहोस बुवा
अनि दिनको अन्त्यमा स्याबास छोरी भनि दिनुहोस बुवा
हो म हजुरकै छोरी हुँ बुवा
मलाई फलानोको छोरी बन्न नभन्नुहोस बुवा
फलानोको बुवा भन्दा त हजुर नै मलाई प्रिय लाग्छ बुवा
मैले कहिल्यै हजुरलाई फलानो छोरीलाई
उसको बुवाले आज यस्तो गरिदिनुभयो भनेकी छैन बुवा
हजुर पनि मलाई फलानो जस्तै गर्न नभनिदिनुहोस् न बुवा
हजुरको तितो बोली पनि मेरो शिरमा सजाएर राख्ने छु
मात्र मेरो आड र साहस बनि दिनुहोस बुवा
मैले चाहेको मात्र हजुर मेरो साथी बनिदिनुहोस बुवा
हजुरसंग खुलेर धेरै कुरा गर्नु छ
त्यो खाना खाने बेलाको मनौताले मलाई
भित्र भित्रै खाने गर्छ बुवा
मेरा पिडाका कथा त कति छन बुवा
हजुरलाई अंगालो हालेर सबै ब्यथा पोख्न
तपाईलाई चोट पु¥याएकोमा कति माफि माग्नु छ बुवा
कहिलेकाँही मेरो भनाइको पनि मान राखिदिनु न बुवा
के छ नानी सबै ठिक छ भनेर पनि सोध्ने गर्नुहोस न बुवा
स्नेहाको बुवाको त स्कारपियो छ
तर पनि म हाम्रो बाइकमा सन्तुष्ट छु बुवा प्रकृतिको बुवाले उनलाई काठमाण्डौँ पढाइराख्नु भएको छ
तर पनि म सगरमाथा ई.मि.पढ्न पाउँदा सन्तुष्ट छु बुवा
सञ्जिताको बुवाले उनको जन्मदिनमा थुप्रै
परिकार आफै बनाएर खुवाउँनुभयो
तर मेरो जन्मदिनमा हजुरले हृदयदेखी नै
जन्मदिनको शुभकामना छ छोरी मै सन्तुष्ट छु बुवा
हजुरले मेरा लागि गर्नुभएको हरेक त्यागलाई म प्रणाम गर्छु बुवा
तर मलाइ फलानो जस्तो बन्न नभन्नुहोस न बुवा
हजुरलाई अरुको प्रगतिमा तालिबजाएर थुप्रै देखेकी छु बुवा
मेरो प्रगतिमा पनि तालिबजाइदिने गर्नु न बुवा
हजुरका सबै बचन म शिरमा सजाएर राख्ने छु
तर मलाई फलानोको छोरी जस्तो बन्न नभन्नुहोस न बुवा
मेरो यति कुरा सुनीदिनुभयो
हजुरलाई कोटी कोटी प्रणाम छ बुवा
