(Friday 11th of September 2026)
`

खेती सकेर दशै, तिहारको जोहो गर्न भारततर्फ जाँदै नेपाली

  • सगरमाथा गन्तब्य
  • 19.6K
    SHARES

    आशा परियार : नेपालगन्ज, ०९ श्रावण – नेपाल भारत सिमानाका जमुनाहा हुदै भारत जानेको लर्को लाग्ने गरेको छ । असारे खेतीबाली सकेर परिवारको आश्यकता पुरा गर्न दैनिक हजारौं संख्यामा नेपाली भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिने गरेका छन् । सोमवार दाङका लाल बहादुर डाँगी नेपाल–भारतको सिमा नाका जमुनाहमा भेटिनुभयो । उहाँकै साथमा १२÷१३ जना युवाहरुको जमात थियो । डाँगीको गन्तव्य भनेकै नेपालदेखि भारत र भारत देखि नेपालको रहेछ ।
    बर्षमा ६ महिना नेपाल ६ महिना भारतमा उहाँको दिनचर्या चलिरहेको हुन्छ । करिव ३० बर्षदेखिको यात्रा यसै गरि चलिरहेको डाँगी बताउनुहुन्छ । थकित अनुहारमा परिवारको सपना र जिम्मेवारी झोला बोकेर देशबाट प्रदेशिनुको पिडा उहाँको त्यो मलिन अनुहारमा स्पष्ट देखिएको थियो । भारतिय बस छुट्छ की भनि हतार हतारमा हिडिरहनुभएको डाँगीलाई सोध्दा आफु बर्षौदेखि नेपाल देखि भारत त कहिले भारत देखि नेपाल रोजगारीको शिलशिलामा आउँने जादै गरेको बताउँनुभयो । उहाँ अहिले पनि सधैझै झोला बोकेर भारत सिमला मजदुरीको लागी जादै हुनुहुन्छ ।


    “नेपालमै केही गरौ सरकारले ऋण दिन्न न त भने व्यवस्थित काम नै पाइन्छ ।” नेपालमा जति काम गरेपनि राम्रो पारिश्रमिक नपाउँने पाए पनि ठेकदारले ठगेर पैसानै नदिने उहाँले गुनासो पोख्नुभयो । सरकारले समेत यस्ता बिषयमा चासो नदिदा बर्षौ देखी भारतीय नागरिकबाट हेलाको पात्र हुन बाध्य भएको उहाँले गुनासो व्यक्त गर्नुभयो । “घरपरिवार छोडेर अर्काको देशमा काम गर्न जाने रहर त कसलाई हुँदो हो तर, गुजाराका लागि जानैपर्ने बाध्यता छ उहाँले भन्नुभयो ।”
    यस्तै नेपालमा कक्षा १२ पास गरेर समेत भारतमा मजदुरी गर्न जाँदा दुःख लाग्ने गरेको गुराँस गाउँपालिका लालीकाँडाका डम्मर थापाले बताउँनुभयो । उहाँले भन्नुभयो “ उताबाट रक्षा बन्धन आउँदै छ काम गर्न नजाउँ भने परिवार कसरी पाल्ने ।” “नेपालमै जागीर गरौ भने राजनीतिक चलखेल हुन थाल्छ उहाँले भन्नुभयो ।” आफ्नो मान्छे हेरी हेरी यहाँ रोजगारी दिइन्छ । पराई भएको मान्छेको केही काम छैन नेपालमा उहाँले भन्नुभयो ।
    यसैगरी सल्यानका मोहनलाल रोकाले “नेपालमा राम्रो रोजगारको व्यवस्था नभएकोले भारत जानु पर्छ नत्र हामीलाई पनि घर छोडेर भारत जान कहाँ मन लाग्छ र ? निराश हुदै उहाँले भन्नुभयो ।” हाम्रो देशमा व्यवासय गर्न पनि लगानी चाहिन्छ लगानी सरकारले लगाई दिन्न बाध्यताले भारतमा मजदुरी गर्न परेको उहाँले बताउनुभयो । “नेता भनाउँदाले आफ्नो कार्यालय र घर मात्र सजाउँनमा व्यस्त छन् हाम्रो पिडा र मर्म किन बिझ्थे र ? ।” नेताहरुले घर छोडेर हामी जस्तै कमाउन बिदेशीनु परेपो थाहा हुन्थो होला उहाँले भन्नुभयो ।
    नेपालमा रोजगारीको अभाव रहेको र स्वरोजगारका लागि सीप र लागतको अभावले रोजगारीका लागि बर्षै पिच्छे भारत जानुपरेको सल्यानका गणेश बुढाथोकीले बताउँनुभयो । “आफूसँग हातमा सीप छैन, व्यापार–व्यवसाय गर्न लगानी छैन, अनि महीनादिन ढुक्कले काम गर्ने रोजगारी पाइँदैन । त्यसैले बाध्यताले गर्दा भारतमा मजदुरी गरेर बस्नुपरेको छ ।” आफ्नै गाउँठाउँमा बस्ने रहर त सबैलाई हुन्छ तर यहाँ काम पाइँदैन” बुढाथोकीले भन्नुभयो ।
    नेपाल–भारत सिमानाका जमुनाहमा दिनहु रोजगारीको शिलशिलामा भारत तर्फ जादै गरेको सयौ बढीे नेपाली नागरिकको घुइचो देखिने गरिन्छ । नेपालमा असारे खेतीबाली लगाएर परिवारको आवश्यकता पुर्ती गर्न कामका लागि पुनः भारत हिँडेको अवस्थामा नेपाली नागरिक नेपाल–भारत सिमानाका जमुनाहमा देखिएका हुन् । लाल बहादुर डाँगी संगै गाउँका अरु पनि १२÷१३ जना बृद्धबृद्धा र युवाहरुको जमात पनि भारततिर गन्तव्यका झोला बोकेर भारततर्फ भित्रिरहेका छन् । दैनिक १ हजार युवा भारत रोजगारका लागि जाने गरेको जमुनाहा प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology