नेपालगन्ज : सदा झै ईद र ईदुल अजहा बकराईदमा ठाउँको लागि तछाड मछाड गर्ने पार्टी यस बर्षको बकरईदमा देखा परेनन् । पार्टीका नेता तथा कार्यकर्ता न शुभकामना आदनप्रदान गर्न पुगे न निशुल्क पानी वितरण गर्ने कार्यमा सक्रिय देखिए ।
मुस्लिम समुदायको महान पर्व ईदुल अजहा बकराईद धुमधामसंग मनाईरहँदा अरु बर्ष झै यसबर्ष निशुल्क पानी, फलफुल, आइसक्रिम, सोवै जस्ता खानेकुरा वितरण गर्दै आएका पार्टीका नेता तथा कार्यकर्ता विपी चोकमा देखा नपरेको एक जना मुस्लिम अगुवाले भन्नुभयो । बकराईदमा मुस्लिम समुदायले सामुुहिक नमाज पढ्ने गरेका छन् । हजारौंको संख्यामा सामुहिक नमाज पढ्ने मुस्लिम समुदायका लागि हरेक बर्ष विभिन्न पार्टीले आ आफ्नो तरिकाले खानेकुरा बाड्ने गर्दथे तर यसबर्ष भने न टेण्ट देखियो न पार्टीका कार्यकर्ता देखिए । यस बर्ष चुनावी माहोल नभएको कारण पार्टीको सहभागिता नदेखिएको समाजिक अभियन्ता प्रकाश कुवंरले भन्नुभयो । “यो भन्दा ७० दिन अगाडी दुल फित्र अर्थात् रमजान पर्व चुनावी अभियानको बेला पर्न गएकोले पार्टीले र संघ संस्थाले आफ्नो माहोल बनाउँन प्रशस्त खानेकुरा, फलफुल र पानी बितरण गर्ने गरेको सामाजिक अभियन्ता कुवंरले भन्नुभयो ।
रमजान ईदको बेला स्थानिय निर्वाचनको चुनाव थियो त्यतिवेला टेण्ट लाउन, व्यानर हाल्न, पानी वितरण तथा फलफुल वितरण गर्न तछाड मछाड गरेका पार्टी यस बर्षको बकराईदमा भने शुन्य देखिएको समाजिक अभियन्ता कुवंरले बताउनुभयो । चुनावी माहोल भएको भए विभिन्न पार्टीले आफ्नो स्वार्थको लागि पनि खानेकुरा वितरण गर्ने गरेको उहाँले बताउनुभयो । “पार्टीले राजनीतिक तर्फ मात्र नभएर यस कार्यलाई निरन्तर दिन सकेको भए एकताको सन्देश जाने कुरामा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष गोपाल पुनले भन्नुभयो । रमजान ईदको बेला स्थानीय तहको निर्वाचन पनि रहेकोले बिपी चोक नमाज स्थलमा चुनावी प्रचारप्रसारको रुप दिएकाले चहलपहल बढी हुने गरेको वडा अध्यक्ष पुनले बताउँनुभयो । नेपालगन्ज सामाजिक सदभावको शहर भएर स्थापित भएता पनि केही मान्छेको व्यक्तिगत स्वार्थका कारण धर्म र चार्डपर्वलाई बारम्बार राजनीतिकरुप दिने र सामाजिक सदभावलाई भड्काउने कार्य भएकोले यस्ता कार्य रोक्न आवश्यक रहेको नेपालगन्ज ४ का वडाअध्यक्ष पुनले जानकारी दिनुभयो ।

हरेक बर्ष झै यसवर्ष पनि निशुल्क पानी वितरणका लागि निरन्तरता दिएको उहाँले बताउनुभयो । वडाले सक्दो सहयोग गर्दै आएको उहाँले बताउनुभयो । केही मात्रामा पानी र खानेकुरा वितरण गरिएको उहाँले बताउनुभयो ।
ईदमा तामझामका साथ निशुल्क पानी वितरण गरेका नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल बैश्यले भने यसपटक ब्यानरमात्र लगाउनुभयो । करिव २५ बर्षदेखि वितरण गर्दै आएको उहाँले यसपटक भने शुभकामना लेखेको व्यानरमात्र टाँसेको जानकारी गराउनुभयो । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व ईद रमजानमा प्रत्येक बर्ष आफुले पार्टीगत मात्र नभएर आफ्नो व्यक्तिगत समेत टेन्ट राखेर पानी लगायत खानेकुरा बितरण गरिने गरेको उहाँले बताउँनुभयो ।
बकरईदमा इस्लमी दाजुभाईले नमाज पढिने र नमाज पढिसकेपछि घरमा गई जनावरको बली दिने भएकाले नमाज पढ्ने बित्तिकै हतार हतार आ आफ्नो घरमा जानेभएको हुनाले पानीको व्यवस्था नगरेको उहाँले बताउनुभयो । यस्तै नेपालगन्ज उपमहानगरपालिकाका मेयर र उपमेयरले पनि शुभकामनाको व्यानर र टेण्ट मात्र लगाउनुभएको थियो । टेण्टमा अरु केही सुविधा थिएन एक जना मुस्लिम अगुवाले भन्नुभयो । नेपालगन्ज जस्तो गर्मीमा सदा झै यसबर्ष कुनै पनि पार्टीले केही व्यवस्था नगरेको प्रति उहाँले गुनासो गर्नुभयो । मुस्लिम समुदायलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने गरेको उहाँले जिकिर गर्नुभयो । चुनावी माहोल भए नेता तथा कार्यकर्ताको भरिभराउ देखिन्छ तर यस्तो प्रचण्ड गर्मीमा कुनै पनि नेता कार्यकर्ताले यसपटक पानी समेत व्यवस्था नगरेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
