नेपालगन्ज : डिभिजन वन कार्यालय बाँकेले उत्पादन गरेका बहुवर्षिय बिभिन्न प्रजातीका बिरुवाहरु बितरण गर्ने तयारी गरेको छ ।
प्रत्येक बर्ष झै यसबर्ष पनि डिभिजन वन कार्यालय बाँकेले र डिभिजन वन कार्यालयको मातहतमा उत्पादन गरेका २ लाख बढि बहुवर्षिय बिभिन्न प्रजातीका बिरुवाहरु २७ गते देखी बितरण गर्ने तयारीमा रहेको जानकारी गराएको छ । कोहलपुर सब डिभिजन, सिक्टा सिचाई सब डिभिजन, राप्तीसोनारीको मेहमानपुर सव डिभिजन, शम्सेरगन्जको सव डिभिजनमा रहेको नर्सरीमा ३ लाख बिरुवाहरु उत्पादन गरिएको डिभिजन बन कार्यालय बाँकेका डिभिजन बन अधिकृत अजित कुमार कर्णले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालयको प्रांगण उत्पादन गरिएको २ लाख अलग अलग प्रजातीका बहुवर्षिय बिरुवाहरु आम उपभोक्ता, सामुदायिक वन, संस्था र ब्यक्तीलाई बितरण गरिने भएको उहाँले बताउँनुभयो । डिभिजन वनमा उत्पादन गरिएका सिसौं, अमला, जामुन, खयर, लिस्टिक, शितलचिनी, डाले घास लगायत थुप्रै प्रजातीका बिरुवाहरु बितरण हुने भएको अधिकृत कर्णले जानकारी दिनुभएको छ । यसैबिच यस्तै गुलरिया–२ संगमबस्ती, बेलाफाँटामा ४० हजार विरुवा लगाईने भएको छ । शनिवार वन मन्त्रीले बृक्षारोपण कार्यको समुदघाटन गर्नुभएको हो । बर्दिया सिडियो, बन डिभिजन प्रमुख, बर्दिया प्रहरी प्रमुख, बनका कर्मचारी र गाउलेहरुको सहभागिता २५ हेक्टर जमिनमा ४० हजार रुख लगाईने भएको छ । जसमा सितलचिनी, साज, महुवा, साल, अर्जुन, बबुर, निम, जामुनका रुखहरु लगाईएको हो ।
वनले नेपालको कुल भुभागको ३९.६ प्रतिशत क्षेत्रफल ओगटेको छ । बोट विरुवाहरु कै कारणले गर्दा जमिनमा भएको पानीको श्रोतको नविकरण हुने, विरुवाको जराले माटोहरुलाई समाती भु—क्षय हुन नदिने, बायुमण्डलमा जलवायु परिवर्तनको मुख्य कारक हरित गृह ग्याँसलाई नियन्त्रण गर्ने जस्ता अप्रत्यक्ष लाभहरु प्राप्त हुने गरेको छ ।
यस पृथ्वीमा जनसख्या वर्षेनी वढदो अवस्था छ । वि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या बार्षिक रुपमा १.३५ प्रतिशतले वढिरहेको देखिन्छ । जनसंख्या वढेसँगै भुमि भने वढन सक्ने अवस्था छैन र बाढि, पहिरो, खडेरी, मरुभुमिकरण जस्ता कारणले गर्दा उत्पादनशिल भुमि क्षेत्रफल भने घटदो क्रममा रहेको छ । यसैले बढदो जनसंख्यालाई बासको लागि काठ, दाउरा, उनीहरुको चौपायाको लागि घाँस, पत्कर एवं मानिसको लागि खाना आपुर्ति गर्नको लागि विद्यमान जमिनको बहुआयमिक प्रयोग गर्नु पर्ने देखिन्छ । यसैले सिमित जमिनबाट वन तथा कृषिवालीको उत्पादनमा विविधिकरण गर्नु नै कृषि वनको मुख्य उद्देश्य हो ।
