(Wednesday 28th of October 2026)
`

प्याव्सनद्धारा नेपालगन्ज उपमहानगरलाई १ लाख १० हजार सहयोग

  • सगरमाथा गन्तब्य
  • 26.4K
    SHARES

    नेपालगन्ज ०९ बैशाख
    नेपालगन्ज नगर क्षेत्रमा रहेका निजी विद्यालयहरुले नेपालगन्ज उपमहानगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा आर्थिक सहयोग उपलब्ध गराएका छन् । निजी तथा आवासिय विद्यालय अर्गनाइनेशन नेपाल (प्याव्सन) नेपालगन्जद्धारा नेपालगन्ज उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा एकमुष्ट रुपमा १ लाख १० हजार सहयोग उपलब्ध गराएका हुन् । प्याव्सन नेपालगन्ज नगरका अध्यक्ष विकाश बज्राचार्यले नगरका प्रमुख डा. धवल शम्सेर राणालाई १ लाख १० हजारको चेक हस्तान्त्रण गर्नुभएको हो । चेक हस्तान्त्रण कार्यक्रममा प्याव्सन बाँके जिल्ला उपाध्यक्ष मनोज गिरी, प्याव्सन नगर सल्लाहकार इश्वर पोखरेल र प्याव्सन जिल्ला सल्लाहकार कृष्ण जिसीको उपस्थिति रहेको थियो । जिल्ला सल्लाहकार जिसीले विपदका समयमा प्याव्सनले सहयोग गर्दै आएको छ र सहयोग गरिरहने उहाँले जानकारी गराउनुभयो ।

    कोरोना भाइरसको कारण विपदमा परेका समस्या समाधान गर्न नगरले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा दैनिक सहयोगी हातहरु बढिरहेको नगरपालिकाले जनाएको छ । कोरोना संक्रमण रोकथाम र यसको न्युनिकरणका लागि मंगलवार एनएमवि बैंकले राहत प्रदान गरेको छ भने सामाजिक सचेतना सरोकार मञ्च (स्याक) बाँकेले १० हजार सहयोग प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology