(Saturday 31st of October 2026)
`

नेपालगन्जमा अग्रज खेलाडीको सम्मान

  • सगरमाथा गन्तब्य
  • 6.4K
    SHARES

    नेपालगन्जः ओलम्पिक डे २०२२ का अवसरमा नेपालगन्जमा बाँकेका बरिष्ठ खेलाडीहरूले समग्र खेलकुद विकासका लागि दीर्घकालिन गुरूयोजना सहित बजेट विनियोजन गरी कार्यान्यनका लागि अघि बढ्नुपर्ने सुझाव दिएका छन । बुधबार नेपालगन्जमा आयोजित कार्यक्रममा सहभागी बाँकेका राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा सहभागी भई बाँके र नेपालकै पहिचान बनाउन सफल अग्रज खेलाडीहरूले ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदलाई यस्तो सुझाव दिएका हुन ।
    स्प्रोट फर अल लुम्बिनी प्रदेशद्धारा आयोजित कार्यक्रमा सहभागी पुराना खेलाडी अजितकुमार शर्माले बाँके खेलकुदका लागि उर्वर भूमि भएको चर्चा गर्दै यहाँका समग्र खेलको विकासमा सरकारले नै अग्रसरता देखाउनुपर्ने बताउनुभयो । बाँकेबाट दुई दर्जनबढी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन भइसकेकोमा राज्यको ध्यान त्यतातिर जान नसक्दा बजेटको सिमितताले अहिले बाँके ओझेलमा परेको उहाँको भनाइ छ ।
    कार्यक्रममा शर्मा सँगै ओलम्पीक कमिटीका कोषाध्यक्ष रतन टण्डन पुराना अग्रज खेलाडी फजिल अब्वास रिचवी, शान्ति सिंह, राकेशकुमार श्रीवास्तव, विश्वनाथ चौबे, सचितानन्द चौबे, गोबर्धन सिंह, गोविन्द श्रेष्ठ, आशोकजंग थापा, बिष्णुमान श्रेष्ठलाई सम्मान गरिएको भलिवल संघ बाँकेका अध्यक्ष टिएस ठुकरीले बताउनुभयो ।
    अग्रज खेलाडीलार्ई ओलम्पिक कमिटी कोषाध्यक्ष टण्डन, खेलकुद परिषद सदस्य सुमित्रा चौधरी, नेपाली सेनाका कर्नेल, नेपालगन्जका उद्योगी संजय थापा लगायतले दोसल्ला ओढाई प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो । कार्यक्रमा नेपालगन्जका उद्योगी संजय थापा, राष्ट्रिय खेलुकद परिषद्का निर्वतमान प्रदेश सदस्य सचिव भिम ओली, खेलप्रेमी, खेलाडी, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बाँकेमा रहि खेलकुदको क्षेत्रमा योगदान पु¥याए वापत तेक्वान्दो, कराते, साईकिल क्लब, पौडी संघ लगायत नेपाली सेनालाई समेत उपहार प्रदान गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology