नेपालगन्ज : मर्मत सम्भार कार्यकर्ताका लागि ७ दिने तालिम बर्दियाको गुलरियामा आइतवार सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेको आयोजनामा ७ दिने मर्मत सम्भार कार्यकर्ता तालिम आइतवार सम्पन्न भएको हो ।
जेठ ३० गतेदेखि सुरु भएको तालिम असार ५ गतेसम्म संचालन भएको आयोजकले जनाएको छ । तालिमको प्रशिक्षकमा तालिमको संयोजक तथा प्रशिक्षक हिम कुमरी पुन, इन्जििनियर मनराज पुन , प्रयोगात्मक अमर गिरीले प्रशिक्षण दिनुभएको थियो ।
तालिममा कर्मला खानेपानी आयोजना, सोरह ९, धधवार, बालापुर, गुलरिया १२, माचड, दमौली, माछागढ, बालकुमारी, बेचेपुर, कालिका गरि बर्दिया जिल्लाका २२ खानेपानी आयोजनाका मर्मत सम्भार कार्यकर्ताहरुको सहभागिता रहेको छ । कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्ज बाँकेका डिभिजन प्रमुख तिलक न्यौपानेको प्रमुख आतिथ्यतामा भएको तालिममा खानेपानी आयोजानाको बारे जानकारी, कार्यप्रक्रिया, सुरक्षा खानेपानी, पुर्ण सरसफाइ र मर्मत सम्भारहरु यस तालिमका मुख्य विषय वस्तुहरु रहेको तालिमका संयोजक हिम कुमरी पुनले जानकारी गराउनुभयो ।

कार्यक्रममा डिभिजन प्रमुख न्यौपानेले ग्रामिण वस्तीमा पनि दक्ष जनशक्तिबाट सेवा प्रवाह गर्नको लागि तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
खानेपानी तथा सरसफाई डिभिजन बाँकेका डिभिजन प्रमुख तिलक न्यौपानेको अध्यक्षतामा भएको तालिमको प्रमुख अतिथ्यता खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष टिका सम्सेलीले गर्नुभएको थियो । तालिममा लिखित तथा प्रयोगात्मक परिक्षामा मुल्याङन गर्दा गोविन्द विक प्रथम, द्वितिय टिला रावल, उमेश पुरी तृतिय, सालिकराम चौधरी सान्त्वना यस्तै प्रयोगात्मक तर्फ टिला रावल प्रथम, गोविन्द विक द्वितिय उमेश पुरी तृतिय र लक्ष्मण थारु सान्त्वना हुनु भएको थियो । तालिममा सहभागि सम्पुर्णलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।


