नेपालगन्ज – मर्मत सम्भार कार्यकर्ताका लागि ७ दिने तालिम बर्दियाको गुलरियामा शुरु भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बर्दियाको आयोजनामा ७ दिने मर्मत सम्भार कार्यकर्ता तालिम सोमवारदेखि संचालनमा आएको हो । जेठ ३० गतेदेखि सुरु भएको तालिम असार ५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । तालिममा कर्मला खानेपानी आयोजना, सोरह ९, धधवार, बालापुर, गुलरिया १२, माचड, दमौली, माछागढ, बालकुमारी, बेचेपुर, कालिका गरि बर्दिया जिल्लाका २२ खानेपानी आयोजनाका मर्मत सम्भार कार्यकर्ताहरुको सहभागिता रहेको छ । कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्ज बाँकेका डिभिजन प्रमुख तिलक न्यौपानेको प्रमुख आतिथ्यतामा भएको तालिममा खानेपानी आयोजानाको बारे जानकारी, कार्यप्रक्रिया, सुरक्षा खानेपानी, पुर्ण सरसफाइ र मर्मत सम्भारहरु यस तालिमका मुख्य विषय वस्तुहरु रहेको तालिमका संयोजक हिम कुमरी पुनले जानकारी गराउनुभयो ।

आयोजना स्थलमै गरिने जडान प्रक्रियाबारे अम्मर देब गिरीले सहजिकरण गर्नुभएको थियो भने प्रशिक्षक मनराज पुनले विषयवस्तुको बारेमा सहजिकरण गर्नुभयो साथै यस तालिमका संयोजक हिम कुमरी पुनले अन्य विषय वस्तुको सहजिकरण गर्दै आउनुभएको छ । कार्यक्रममा डिभिजन प्रमुख न्यौपानेले ग्रामिण वस्तीमा पनि दक्ष जनशक्तिबाट सेवा प्रवाह गर्नको लागि तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
