(Wednesday 28th of October 2026)
`

साँझा ४ बजेपछि नेपालगन्ज बजार सुनसान, लकडाउन सफल भएको महसुस

  • सगरमाथा गन्तब्य
  • 22.2K
    SHARES

    नेपालगन्ज ०८ बैशाख
    सोमवार साँझा ४ बजेपछि नेपालगन्ज बजार सुनसान थियो । लकडाउनको २८ औं दिन जिल्ला प्रशासन कार्यालय बाँकेले साँझा ४ बजेपछि औषधी पसल बाहेक पुर्णरुपमा पसल बन्द गर्ने भनेपछि बजार सुनसान देखिएको हो । बजार पुर्णरुपले बन्द छ भने बजारका चोकचोकमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तैनाथ अवस्थामा छन् । बजारका गल्ली गल्लीमा प्रहरीले निगरानी गरि आवतजावत गर्ने नागरिकलाई सोधपुछ गर्दै आएको छ । विना कारण लकडाउन उलंघन गर्ने नागरिकलाई प्रहरीले पक्राउ गरि कारवाही समेत थालेको छ ।
    सोमवारदेखि औषधी पसल बाहेक कुनै पनि पसल नखोल्न जिल्ला प्रशासन कार्यालय बाँकेले अनुरोध गरेको थियो ।

    सोही अनुसार नेपालगन्ज बजार सुनसान छ । अत्यावश्यक औषधी पसल बाहेक साँझा ४ बजेपछि कुनै पनि पसल नखोल्न जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गरि जानकारी गराएको थियो । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट हुन सक्ने संभावित संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारद्धारा देशव्यापी रुपमा जारी भई कार्यन्वयनमा रहेको लकडाउनको आदेशलाई प्रभावकारी बनाउन बाँके जिल्ला भरि सोमवारदेखि लागुहुने गरि अर्को सूचना जारी नभएसम्मको लागि औषधी पसल बाहेक अन्य सम्पुर्ण पसल व्यवसायहरु साँझा ४ बजेदेखि पुर्णरुपमा बन्द हुने व्यवहोरा सवैको लागि अनुरोध गरेको थियो । साथै सूचनालाई उलङघन गरेको पाईएमा कानुन बमोजिम कारवाही हुने समेत जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology