(Saturday 25th of July 2026)
`

मर्मत सम्भार कार्यकर्ताका लागि नेपालगन्जमा ७ दिने तालिम सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 8.3K
    SHARES

    नेपालगन्ज : मर्मत सम्भार कार्यकर्ताका लागि ७ दिने तालिम नेपालगन्जमा शनिवार सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्ज बाँकेको आयोजनामा ७ दिने मर्मत सम्भार कार्यकर्ता तालिम आज सम्पन्न भएको हो । यहि २२ गतेदेखि २८ गतेसम्म संचालन भएको तालिमको संयोजक तथा प्रशिक्षक हिम कुमारी पुन, प्रकाश जंग शाह, भगवती न्यौपाने, गोपाल शर्मा र विजय शर्माले प्रशिक्षण दिनुभएको थियो ।
    तालिममा रझेना खानेपानी तथा सरसफाई आयोजना, नयाँ बस्ती, कचनापुर, नरैनापुर, तपशिबाबा, राप्ती गौशाला, चिसापानी, गाभर, बनकटवा, फत्तेपर, विराट, अगैया, खजुरा ४, बैजनाथ डिगिया, टिटिहिरिया, बर्दापुर, कुमाल गाउँ, खजुराखुर्द, उढरापुर खजुरा, सितापुर, कारकाँदो, विनौना खानेपानी तथा सरफाई आयोजनाका २४ जना सम्भार कार्यकर्तालाई तालिम प्रदान गरिएको थियो ।


    समापन कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्ज बाँकेका डिभिजन प्रमुख तिलक न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । समापन कार्यक्रममा डिभिजन प्रमुख न्यौपानेले ग्रामिण वस्तीमा पनि दक्ष जनशक्तिबाट सेवा प्रवाह गर्नको लागि तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
    समापन कार्यक्रममा डिभिजन कार्यालय नेपालगन्जका लेखा प्रमुख धर्मराज लामिछाने लगायतको सहभागिता रहेको थियो । तालिममा सहभागिता सम्पुर्णलाई प्रमाणपत्र वितरण गरिएको थियो भने उत्कृष्ट प्रशिक्षर्थीलाई सम्मान पनि गरिएको तालिमका संयोजक हिमकुमारी पुनले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology