बाँके । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका विद्यालयहरु आजदेखि ५ दिन सम्मका लागि बन्द हुने भएको छ । केही दिन यता देखी अत्याधिक गर्मी बढेसंगै विद्यालयको पठन पाठनमा पर्न गएको प्रभावलाई ध्यानमा दिएर आजदेखि ३१ गते मंगलबारसम्म विद्यालयहरुमा पठन पाठन बन्द रहने उपसचिव गोर्खा बहादुर थापाले जानकारी दिनुभएको छ । पालिका अन्तर्गतका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु लगायत सम्पुर्ण विद्यालय बन्द रहने जनाइएको छ । यस्तै बाँकेको खजुरा गाउँपालिकाले पनि सबै विद्यालयहरुमा गर्मी विदा दिएको छ ।
गर्मी अत्याधिक बढेर पठनपाठनमा समस्या भएपछि गाउँपालिकाले जेठ २७ गतेदेखि जेठ ३० गतेसम्म विदा दिएको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत खगेन्द्र बहादुर मल्लले बताउनुभयो । पूर्व निर्धारित परीक्षा र अन्य प्रशासनिक कार्यका लागि प्रशासनिक कक्ष भने खुला राख्न भनिएको छ । यस्तै बाँकेको कोहलपुर नगरपालिकाले पनि सबै विद्यालयहरुमा गर्मी विदा दिएको छ । गर्मी अत्याधिक बढेर पठनपाठनमा समस्या भएपछि गाउँपालिकाले जेठ २७ गतेदेखि जेठ ३१ गतेसम्म विदा दिएको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखाले जनाएको छ ।
