(Saturday 31st of October 2026)
`

कान्तीतालमा बृक्षारोपण गरि मनाईयो वातावरण दिवस

  • सगरमाथा गन्तब्य
  • 8.5K
    SHARES

    नेपालगन्ज  : पृथ्वी र प्रकृति सबैको साझा हो भने मानव समाज प्राकृतिक वातावरणको एक महत्वपूर्ण अङ्ग हो । यिनीहरूको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्ने हाम्रो कर्तव्य तथा जिम्मेवारी पनि हो । आजको दिन स्वस्थ एवं स्वच्छ वातावरण सिर्जना गर्न प्रण गर्ने दिन पनि हो । हाम्रो अमूल्य प्राकृतिक स्रोतहरूको संरक्षण गर्दै पृथ्वी र प्रकृतिले धान्नसक्ने क्षमता कायम राख्दै यिनीहरूलाई पुस्तागत हस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व हो ।
    आइतवार विश्व वातावरण दिवसको दिन हाम्रो जिवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी वातावरण दिवस मनाईंदैछ । आइतवार विश्व वातावरण दिवसको अवसरमा नेपाल बिद्यार्थी संघ बाँकेले नेपालगन्जमा वृक्षारोपण गरेको छ । नेपाल बिद्यार्थी संघ बाँकेले नेपालगन्ज उपमहानगरपालिका वडा नं २२ अन्र्तगत पर्ने कान्ति तालमा वृक्षारोपण गरि बतावरण दिवस मनाएको हो ।
    नेपालगन्जको बातावरण हराभरा र सुन्दर भए नेपालगन्ज उपमहानगरपालिका स्वस्थ्य र पर्यटकिय थलो बनाउन सकिने उद्देश्यले बिक्षरोपण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, कांग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, नेपालगन्जका निर्वतमान उपप्रमुख उमा थापामगर, नेपाल बिद्यार्थी संघ बाँकेका कार्यबाहक अध्यक्ष चक्र रावत, हरित अभियन्ता हेमन्तराज काफ्ले लगायतको उपस्थितीमा वृक्षारोपण गरिएको छ ।
    कान्ति ताल वरिपरी जामुन, सितलचिनी, अर्जुन, गुल्लर, मेहोग्यामी जातका विरुवा रोपिएको हरित अभियन्ता हेमन्तराज काफ्लेले जानकारी दिनुभयो । यस्तै नेपालगन्जको शान्तिनगर स्थित ब्रिटिस इंङ्लिस बोर्डिङ स्कुलको ईको क्लबले विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण गरिएको छ । स्कुल परिसरमा सितलचिनी, निम, जामुन, अमलतासको विरुवा रोपिएको ईको क्लबका अध्यक्षमा रमेश ओलीले जानकारी दिनुभयो ।
    वातावरण दिवस किन मनाइन्छ ? भनेर विद्यार्थीहरुलाई स्कुलका प्रधानाध्यापक हेमन्तराज काफ्ले जानकारी दिनुभएको थियो । रुख बिरुवा, चराचुरुगी, सर्प, जनावर, किरा फटयांग्राहरु एक आपसमा अन्तर सम्बन्ध भएका र सबै वातावरण स्वच्छ भएमा मात्र सहज बाँच्ने भएकाले वातावरण जोगाउन रुख विरुवा लगाउनु परेको विद्यार्थीहरुलाई उहाँले बताउनुभयो ।
    सो क्रममा बिद्यार्थीहरु निकै उत्साहित भएर विरुवा रोपेका थिए । ‘वातावरण दिवस मनाउन पाएकोमा निकै खुसी लागेको छ,’ कक्षा ९ की छात्रा सबिता शाहीले भनिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology