(Wednesday 28th of October 2026)
`

राप्तीसोनारी वडा नं. ८ का १६० विपन्न परिवारलाई राहत वितरण

  • सगरमाथा गन्तब्य
  • 14.9K
    SHARES

    नेपालगन्ज ०७ बैशाख
    राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्सेरगन्जमा आइतवार राहत वितरण गरिएको छ । वडा नं. ८ ले पहिलो चरणको राहतमा १ सय ६० घरपरिवारलाई राहत वितरण गरिएको हो । वडाका अति विपन्न, गरिव, दुखी, एकल महिला, अपाङग र दैनिक ज्याला मजदुरी गर्ने १ सय ६० घरपरिवारलाई राहत वितरण गरिएको छ । जनप्रतिनिधिको सक्रिय सहभागितामा वडावासीका घरघरमा गएर राहत वितरण गरिएको वडा नं. ८ का वडा अध्यक्ष खुम बहादुर बस्नेतले जानकारी गराउनुभयो । वडा नं. ८ का बालापुर, नयाँगाउँ, पेरानी, ओभरी र धर्मोनीका अति विपन्न परिवारलाई चामल, दाल, नुन र तेल वितरण गरिएको वडा अध्यक्ष बस्नेतले जानकारी गराउनुभयो । लकडानका कारण स्थानियवासीलाई भोकभोकै बस्न नदिने वडा अध्यक्ष बस्नेतले जानकारी गराउनुभयो । नेपालमा लकडाउनको आइतवार २७ औं दिन पुगेको छ । यस्तै राप्ती सोनारी गाउँपालिका र राप्तीसोनारी उद्योग वाणिज्य संघको सहकार्यमा पुर्वपश्चिम राजमार्ग हुँदै हिडने पैदलयात्रुलाई खाना खुवाईएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology