(Wednesday 28th of October 2026)
`

किसानद्धारा उत्पादित कपासको कुइन्टलमा एक हजार मूल्य बढ्यो

  • सगरमाथा गन्तब्य
  • 17.7K
    SHARES

    नेपालगन्ज – कपास विकास समितिको अध्यक्ष हेमन्तराज काफ्लेको अध्यक्षतामा समितिको बैठक बसेर विभिन्न बुँदाहरुमा छलफल गरि किसानहरुको कपासमा कुईन्टलको एक हजार रुपियाँ बढाएको छ । कपासमा किसानहरुलाई आकर्षण गर्न कपास विकास समितिले किसानलाई मल, बीउ, औषधी र प्राविधिक सहयोग पहिले भन्दा फरक तरिकाले गर्ने र कपास बिकासका लागि किसानको महत्वपूर्ण भुमिका भएकोले पहिलो प्राथमिकता किसान भएको अध्यक्ष काफ्लेले बताउनुभयो ।
    किसानबाट समितिले कच्चा कपास ८ हजार ५०० रुपैयाँ कुईन्टलमा खरिद गरि रहेकोमा अब ९ हजार ५०० रुपैयाँ दाना सहितको कपास किन्ने निर्णय गरेको जनाईएको छ । किसानहरुले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लामा कपास लगाउने गरेका छन् । आजभोलि दाङको ९० बिघामा किसानले कपास खेती गर्छन् । लमहीको वडा नम्बर ७, ८ र ९ राजपुरको १, २, ३, ५, ६ र ७ नम्बर वडामा खिती गरिन्छ ।
    कपास खेती भनेको सेतो सुन नै हो, के मानेमा भने यो नगद बाली हो, किसानले सजिलै उबजनी नहुने बन्जर जमिनमा कपास उत्पादन गर्न सक्छन् र उत्पादित कपास बिकास समितीले सम्बन्धित ठाउँ मै गएर सजिलै खरिद गर्छ र नगद भुक्तानी गरिरहेको छ भनेर कपास बिकास समितिका सदस्य सचिब कार्यकारी प्रमुख बुद्धबहादुर थापाले जानकारी गराउनु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology