नेपालगन्ज : आज आफूले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान सुरु भएको छ । स्थानीय सरकार को दोस्रो कार्यकाल चयन गर्न लागि आम मतदाता उत्साहपूर्वक मतदानमा भाग लिइ मतदान गर्न सुरु गरेका छन आम मतदाताहरु आफुले रोजे,अपेक्षा गरे बेमोजिमका जनप्रतिनिधी छनोट गर्न उत्साहपूर्वक मतदानमा भाग लिइ मतदान गर्न सुरु गरेका हुन् । आज स्थानीय तहको निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको हो ।

सरकारले २०७८ माघ २४ गते गरेको निर्णय बमोजिम आजबाट मतदान प्रक्रिया जारी भएको छ । संविधान जारी भएपछि पहिलो पटक ं २०७४ वैशाख ३१ गते पहिलो चरण र जेठ ३१ मा दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको थियो । बाँकेकोे बिभिन्न स्थानहरुमा रहेका मतदान स्थलमा आज बिहान ७ बजेबाट शान्तिपूर्ण रुपमा मतदान शुरु भएका छ ।

बाँकेमा रहेको १ सय ३६ मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान प्रक्रिया जारी रहेको छ । बाँकेका १ सय ३६ मतदान केन्द्र मध्ये १ सय ६ मतदान केन्द्र अति नै संबेदनशिल भएको र ३० मतदान केन्द्र संबेदनशिल रहेको छन् । बाँकेमा कुल १८ वर्ष पूरा भएका कूल तीन लाख २९ हजार ४ सय ७३ जना मतदाता रहेको छन् । शुक्रवार साझँ ५ बजे सम्म मतदान प्रक्रिया जारी रहने छ ।
