(Wednesday 28th of October 2026)
`

अमेरिकामा मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो

  • सगरमाथा गन्तब्य
  • 8.2K
    SHARES

    काठमाडाैँ, ५ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३४ हजार नाघेको वर्ल्डोमिटर्सले जनाएको छ । बिहीबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट २८ हजार ५२९ जनाको मृत्यु पुष्टि भएको जनाइएको थियो । तर त्यहाँ कोरोना संक्रमित र मृत्युको डाटा सच्याएपछि ४ हजारभन्दा बढी सम्भावित मृत्यु देखाइएको छ । जसका कारण परिवर्तित डाटा अनुसार मृत्यु संख्या एकाएक बढेकाे देखिएकाे हाे । अमेरिकाको सरकारी संस्था सेन्टर फर डिसिज कल्ट्रोल एन्ड प्रिभिन्सिन (सिडीएससी)ले अप्रिल १४ सम्म कोरोना संक्रमण केस गणना र सोही कारण हुने मृत्यु गणनामा दुबै पुष्टि भएका र सम्भावित केस तथा मृत्यु समेत सामेल गर्दै आएको थियो । बिहीबार सिडिएससीले अप्रिल १५ सम्मको नयाँ डाटा अपडेट गर्दै कोरोनाबाट ३१ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ । जसमा २६ हजार ९३० पुष्टि भएका मृत्यु र ४ हजार १४१ सम्भावित मृत्यु रहेका छन् ।

    वल्र्डोमिटरले भने बिहीबार बिहानसम्म कोरोनाभाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २८ हजार ५२९ जना रहेको देखाएको थियो । शुक्रबार बिहानसम्म यो संख्या एकाएक ३४ हजार ६१७ पुगेको देखाएको छ । न्यूयोर्क शहर लगायत अमेरिकाभरि १५ अप्रिलसम्मको सिडिएससीको सम्भावित केस र मृत्यु संख्या समेत जोड्दा एकाएक डाटामा नाटकीय परिवर्तन आएको हो । वल्र्डोमिटर्सका अनुसार बिहीबार दिनभरि अमेरिकामा २ हजार १७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २९ हजार ५६७ नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमित संख्या ६ लाख ७७ हजार ५७० पुगेको छ । ५७ हजार ५०८ जना निकाे भएका छन् । न्युज २४ नेपालबाट

    अमेरिकामा सबैभन्दा बढी प्रभावित १५ राज्यकाे पछिल्लाे अवस्था-

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology