(Wednesday 28th of October 2026)
`

भारतमा लकडाउन थपिएपछि हजारौं मजदुर सडकमा निस्किए

  • सगरमाथा गन्तब्य
  • 19.5K
    SHARES

    एजेन्सी, ४ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ सम्मका लागि लकडाउन लम्ब्याएको घोषणा गरेलगत्तै मुम्बइका आप्रबासी कामदारहरु आन्दोलित बनेका छन् । मंगलबार साँझ मुम्बईको बान्द्रा रेलवे स्टेशनमा उत्तर प्रदेशलगायत ठाउँबाट गएका आप्रवासी मजदुरले आफूले घर जान पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । अबको एक सातासम्म मात्रै लकडाउन लम्ब्याउने अपेक्षा गरिएकोमा मे ३ गतेसम्म लकडाउन थपिदिएपछि उनीहरु आन्दोलित बनेको बताउँछन् । सडकमा निस्किएका मजदुरलाई हटाउन प्रहरीले लाठीचार्ज गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतमा अहिले झन्डै १२ करोड आप्रवासी मजदुर विभिन्न राज्यमा अड्किएको बताइन्छ । तर लकडाउन घोषणासँगै घर फर्कन नपाएर उनीहरु मुम्बइमै थुनिएका छन् । यसअघि सुरत सहरमा अड्किएका आप्रवासी मजदुरले पनि घर जान पाउनुपर्ने माग गर्दै मध्यरातमा आन्दोलन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology