(Wednesday 28th of October 2026)
`

लकडाउनले बर्दियाका कुखुरापालक किसान पनि मारमा

  • सगरमाथा गन्तब्य
  • 9.5K
    SHARES
    • ज्योतिकुमार पन्थी

    गुलरिया, २९ चैत । लकडाउनको दिन थपिदै गर्दा बर्दियाका कुखुरापालक किसानहरु पनि मारमा पर्न थालेका छन् । बर्दिया जिल्लाको मधुवन नगरपालिकामा रहेका कुखुरापालक किसानहरूले लकडाउनको समयमा उत्पादन गरेका कुखुराहरू बिक्रि गर्न नपाउँदा कुखुरा मर्ने अवस्थामा पुगेको भन्दै बिक्रि बितरणको वातावरण बनाइदिन माग गरेका छन् ।

    मधुवन नगरपालिकामा रहेका किसानहरूले उत्पादन गरेका कुखुराहरू बजारमा बिक्रि नहुँदा नगरपालिकासंग बिक्रिका लागि पहल गरि दिन माग गरिएको कुखुरापालक किसान ज्ञानेन्द्र शाहीले न्यूज २४ लाई बताउनु भयो । उहाँले लकडाउनका कारण कुखुरा बिक्रि गर्न नपाएको र दाना समेत नपाएको गुनासो गर्दै लकडाउनको मार सवै भन्दा बढी कुखुरापालक किसानहरुमा परेको बताउनु भयो ।

    किसानहरूले समस्यामा परेको बताएपछि शनिबार नगर प्रमुखसहितको टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा मधुवन नगरपालिकाका नगर प्रमुख गणेशबहादुर क्षेत्रीले कुखुरापालक किसानहरुको समस्याको निकासका लागि आफुले सम्बन्धित निकायसंग पहल गरि रहेको बताउनु भयो । कृषकहरूले आफुहरूले अनुमति पाए सामाजिक दूरी कायम गरेर मासु बिक्रि गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology