(Wednesday 28th of October 2026)
`

नागरिक आवाज र कर्तव्य सम्बन्धि परिचयात्मक तथा समन्वयात्मक बैठक

  • सगरमाथा गन्तब्य
  • 3.9K
    SHARES

    नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा नागरिक आवाज र कर्तव्य सम्बन्धि परिचयात्मक तथा समन्वयात्मक बैठक शुक्रवार सम्पन्न भएको छ । सामाजिक विकास मञ्च (एसडिएफ) बाँके र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिका बाँकेको समन्वयमा परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न भएको हो ।
    जानकी गाउँपालिकामा सामाजिक जवाफदेहिता र शुसाशनका लागि मार्गदर्शन, अपाङ्ग भएका बालवालिकाहरुको तथ्याङक उनिहरुको जोखिम, उपाय र अबको बाटो बारे सहभागिहरुलाई जानकारी हातेमालो परियोजनाका कार्यक्रम संयोजक भिम बहादुर सार्कीले दिनुभएको थियो । जानकीमा ५ सय ३८ अपाङग वालवालिका र नरैनापुरमा ६ सय ४२ अपाङग बालवालिका रहेका छन् । अपाङग भएका बालवालिकाहरुको समस्या फरक फरक रहेको छ यसलाई कसरी न्युनिकरण र सहजता प्रदानका लागि परियोजना मार्फत सहयोग गरिने कार्यक्रम संयोजक सार्कीले बताउनुभयो । जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा १ हजार २ सय २ बालवालिकाहरुको सर्वे गरि तथ्याङ निकालिएको थियो ।


    बैठकको अध्यक्षता जानकी गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख रामअचल धोबीले गर्नुभएको बैठकमा महिला तथा वालवालिका शाखा प्रमुख कल्पना गाहा, हातेमालो परियोजनाका कार्यक्रम संयोजक भिम बहादुर सार्की, जानकी गाउँपालिकाका वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, बालक्लबका पदाधिकारी, पत्रकार लगायतको सहभागिता रहेको परिचयात्मक तथा समन्वयात्मक कार्यक्रमको संचालन सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरीले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology