(Wednesday 28th of October 2026)
`

खजुराको सामाजिक परिक्षण सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 3.4K
    SHARES

    नेपालगन्ज । – खजुरा गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को सामाजिक परिक्षण कार्यक्रम अन्तरगत प्रारम्भिक प्रतिबेदन प्रश्तुतीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
    खजुरा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा भएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकले सामाजिक परिक्षणको प्रतिबेदनले पालिकाको बार्षिक प्रगति, उपलब्धी र सुधार गर्नुपर्ने कुराहरु औल्याएर बलियो दस्ताबेजको काम गरेको बताए । उनले प्रतिबेदनले औल्याएका समस्या तथा चुनौतीहरुलाई आधार बनाएर पालिकाले गर्ने क्रियाकलापहरुमा थप सुधार गर्दै लैजान सबैलाई निर्देशन गरेका छन् । पालिका अन्तरगत सबै शाखाहरुले आआफ्नो जिम्मेवारी प्रभावकारी रुपमा पुरा गरेमा मात्र गाउँपालिकाले प्रगति हासिल गर्ने उनको भनाई थियो ।
    बास नेपालका निर्देशक तथा सामाजिक परिक्षक हेमराज भट्टले सामाजिक परिक्षण, प्रक्रिया, खजुरा गाउँपालिकाले गरेका कार्यहरु, जनप्रतिनिधि तथा कर्मचारीहरुसँगको छलफल, लक्षित समुह छलफल, सन्दर्भ सामाग्री अध्ययन, स्थलगत अवलोकन लगायत बाट प्राप्त तथ्यसँगै पालिकाका महत्वपूर्ण उपलब्धीहरु, समस्या र चुनौतीका बिषयमा प्रश्तुतीकरण गरेका थिए । प्रश्तुतीकरण पश्चात खुल्ला छलफलको क्रममा वडा अध्यक्ष तथा शाखा प्रमुखहरुले आआफ्ना भनाइहरु राखेका थिए ।
    सामाजिक परिक्षण कार्यक्रम अन्तरगत भएको छलफलको क्रममा प्राप्त सुझावलाई समाबेश गरि खजुरा गाउँपालिकाको आर्थिक बर्ष २०८१÷०८२ को सामाजिक परिक्षण अन्तिम प्रतिबेदन सहजिकरण गर्ने संस्थाका तर्फबाट बास नेपालले पेश गर्नेछ । कार्यक्रमको समापन खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकले गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology