(Wednesday 28th of October 2026)
`

सबै साझेदारको सहकार्यले नतिजा ल्याउन सकिन्छ-सचिब भण्डारी

  • सगरमाथा गन्तब्य
  • 3.7K
    SHARES

    दाङ । बैशाख ३ गते । सबै विकास साझेदारहरुको सहकार्य भएमा प्रदेशमा बाल अधिकार संरक्षणमा नतिजा मुखि काम गर्न सकिने सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका सचिब दिवाकर भण्डारीले बताएका छन् । पिस नेपालको आयोजनामा दाङको भालुवाङ्गमा आज देखि शुरु भएको लुम्बिनी प्रदेशमा वालवालिकाको अवस्था र सवाल पहिचान सम्बन्धी कार्यशालामा बोल्दै सचिब भण्डारीले यस्तो बताएका हुन् । प्रदेशमा रहेका बालवालिकाहरुको भबिष्य निर्माणको अभियानमा सबै सराकारवाला लाग्नुपर्नेमा उनको जोड थियो । वालवालिकाको क्षेत्रमा धेरै काम भएको जनाउदै सचिब भण्डारीले सबैले परिष्कृत र परिमार्जित हुदै उन्नत ढंगले काम गर्न अनुरोध गरे । वाल अधिकारका लागि नागरिक संस्थाहरुको सञ्जालका प्रतिनिधिहरुको सहभागितामा सञ्चालीत दुई दिने गोष्ठिको पहिलो दिन लुम्बिनी प्रदेशमा वालवालिकाहरुको अवस्था बिष्लेषण, वालमैत्री स्थानीय शासनका लागि भएका प्रयासहरु, बालवालिका र महिला माथि हुने हिंसा र रोकथाम लगायतका बिषयमा छलफल भएको छ । लुम्बिनी प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको गोष्ठीमा पिस नेपालका कार्यकारी निर्देशक मणि गैरे, प्रोजेक्ट म्यानेजर योगेन्द्र बुढा, बाल अधिकार संयोजक बिजय अधिकारी, इलाका प्रहरी कार्यालय भालुवांगका प्रहरी निरिक्षक पुष्प सिंह ऐरीले सहजिकरण गरेका थिए । बैशाख ४ गते सम्म चल्ने गोष्ठीले लुम्बिनी प्रदेशमा बालवालिकाको अवस्था र सवाल पहिचान गर्ने र सम्बोधनका लागि सम्बन्धीत मन्त्रालय र स्थानीय तहहरुमा पैरबी गर्ने पिस नेपालका प्रोजेक्ट म्यानेजर योगेन्द्र बुढाले बताएका छन् । कार्यक्रम पिस नेपालको आयोजना, सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको सहकार्य तथा सेभ द चिल्डेनको सहयोगमा सञ्चालन भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology