(Wednesday 28th of October 2026)
`

नेपालगन्ज वडा नं. २३ मा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 5.5K
    SHARES

    नेपालगन्ज, समर्पित नेपाल (Dedicated Nepal) को आयोजना र नेपालगन्ज उप-महानगरपालिका वडा नं. २३ को सहयोगमा आज “बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ।

    वडा नं. २३ को सभाहलमा आयोजित उक्त कार्यक्रममा वडा स्तरीय बालमैत्री स्थानीय शासन समितिका सदस्यहरू लगायत स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष श्री जबर अलि बेहना ज्यूको विशेष उपस्थिति रहेको थियो। उहाँले वडालाई बालमैत्री बनाउन र बालबालिकाको अधिकार सुनिश्चित गर्न वडा कार्यालय सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रमको मुख्य सहजीकरण नेपालगन्ज उप-महानगरपालिका, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पवित्रा पुरीले गर्नुभएको थियो। उहाँले बालमैत्री स्थानीय शासनका विभिन्न सूचकहरू, यसको महत्व र कार्यान्वयनका चुनौतीका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो।

    संस्थाका कार्यसमिति सदस्य सुरेन्द्र कुमार यादवका अनुसार, स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता बढाउन र नीति निर्माणमा उनीहरूको आवाज समेट्न यो कार्यक्रम कोशेढुङ्गा साबित हुनेछ। कार्यक्रममा सहभागी सदस्यहरूले आफ्नो वडालाई बालमैत्री बनाउने साझा संकल्प समेत गरेका थिए ।

    समाज सेवा र विकासका क्षेत्रमा क्रियाशील संस्था समर्पित नेपालले आगामी दिनमा पनि स्थानीय निकायसँगको समन्वयमा यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने जानकारी गराएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology