(Saturday 25th of July 2026)
`

नयाँ वर्ष २०८३ को अवसरमा गोरखा इको प्यानलद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम

  • सगरमाथा गन्तब्य
  • 5.3K
    SHARES

    नेपालगन्ज : नयाँ वर्ष २०८३ को सुखद आगमनसँगै गोरखा इको प्यानलको आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा निर्माण क्षेत्रसँग आबद्ध विभिन्न व्यवसायी, प्राविधिक तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले एक–आपसमा नयाँ वर्षको शुभकामना साटासाट गर्दै आगामी दिनहरूमा व्यवसायिक सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
    कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले विगत एक दशकदेखि निर्माण क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएको संस्थाको योगदानको चर्चा गरेका थिए । विशेषगरी इको–फ्रेन्डली निर्माण सामग्रीको प्रयोग, नवीन प्रविधिको अवलम्बन तथा गुणस्तरीय सेवाका कारण गोर्खा इको प्यानलले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको धारणा व्यक्त गरिएको थियो ।
    सो अवसरमा बोल्दै गोर्खा इको प्यानलका सिइओ सुरेश कवनले नयाँ वर्षसँगै नयाँ सोच, नयाँ ऊर्जा र नवीन योजनाहरूका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । निर्माण क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र वातावरणमैत्री बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको सिईओ कवनले जोड दिनुभयो ।


    सहभागीहरूबीच आपसी परिचय विस्तार, अनुभव आदान–प्रदान तथा नेटवर्किङको अवसरसमेत मिलेको कार्यक्रममा भविष्यमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने योजना रहेको गोर्खा इको प्यानलका जीएम (एर) जीवन खैतुले जानकारी गराउनुभयो । कार्यक्रममा उपस्थित अधिकांश व्यक्तिहरूले यस्ता भेटघाटले सम्बन्ध सुदृढ बनाउन र व्यवसायिक सम्भावनाहरू विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । आयोजकले आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै निर्माण क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने लक्ष्य लिएको जनाएको छ ।
    विगत एक दशकदेखि निरन्तर प्रि फयाब क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल गोर्खा इको प्यानलको आयोजनामा नयाँ बर्ष २०८३ सालको शुभकामना आदनप्रदान कार्यक्रम गरिएको गोर्खा इको प्यानल नेपालगन्ज बाँकेका प्रोप्राईटर विशाल भट्टराईले जानकारी गराउनुभयो । मेरो घर इको प्यानलको भर भन्ने नारा रहेको प्यानलको आधिकारिक विक्रेता गणेश निर्माण सेवा रहेको आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology