बाँके : राती सोनारी गाउँपालिका–५ चाचरफर्का स्थित कर्णेराजा मन्दिर परिसरमा “कर्णेराजा मेला तथा सांस्कृतिक महोत्सव–२०८२” भव्य रूपमा सम्पन्न भएको छ । ५ दिने मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । स्थानीय कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेला तथा महोत्सव चैत ९ गतेदेखि सुरु भई १३ गतेसम्म सञ्चालन भएको हो । महोत्सव अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम, बाल उद्यान, व्यापरिक स्टल, होटल, धार्मिक गतिविधि तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू भएको थियो । कार्यक्रममा राष्ट्रिय चर्चित कलाकार गायिका रेखा पोखरेल, गायिका सोमती थारु, गायक नरेश जोगी, मोडल विवश जिएच, मोडेल लक्ष्मी चौधरी, मोडेल पुनम चौधरी, नाइरा चौधरी, साइरा चौधरी, दिपिका जिएच, सजिना चौधरी लगायत स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहेको थियो ।

मेलामा विभिन्न व्यापारिक स्टलहरू राखिएको थियो । जसले स्थानीय उद्यमीलाई व्यवसाय प्रवद्र्धन गर्ने अवसर प्रदान गर्नेछ । मेला संयोजकका अनुसार, यस महोत्सवले क्षेत्रको पर्यटन विकासमा टेवा पु¥याउनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ । ५ दिनसम्म चलेको महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको आयोजकले जनाएको छ । शुक्रवार मेलाको समापन राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले गर्नुभएको थियो । भने कार्यक्रममा अतिथि कलाकार, पत्रकार, समाजसेवीलाई मायाको चिनो प्रदान गरिएको थियो । साथै कार्यक्रमको संचालन दिपक बर्माले गर्नुभएको थियो ।

