नेपालगन्ज – राप्ती सोनारी गाउँपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण अभिमुखिकरण तथा लैससास परिक्षण सम्पन्न भएको छ । राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुको अध्यक्षतामा चैत्र ११ गते उक्त परिक्षण सम्पन्न भएको हो । लैससास परिक्षण कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले राप्ती सोनारी गाउँपालिकाले कार्यक्रमहरु गरिरहेको भएपनि चुस्त दस्ताबेजीकरण नहुदा सोचे अनुसार हुन नसकेको बताइन् । लैंगिक समानता तथा सामाजिक समाबेसिकरण सबैको साझाँ बिषय भएकाले वडा अध्यक्ष, कार्यपालिका सदस्य र सबै शाखा प्रमुखहरुले योजना बनाउदा र कार्यान्वयन गर्दा जेसीमैत्री दृष्टीकोणले काम गर्न उनले अनुरोध गरिन् । प्रतिबेदनमा उल्लेख गरिएका न्यून अंक प्राप्त भएका सुचक, उपसुचक र प्रश्नावलीलाई ध्यानमा राखि आगामी दिनमा थप प्रभवकारी रुपमा कार्य गर्ने उनको भनाई थियो । गाउँपालिका भित्र सञ्चालन हुने कार्यक्रम तथा विकास निर्माणको कार्यहरुको अनुगमन गर्दा समेत यस बिषयमा ध्यान दिने उनको प्रतिबद्धता थियो ।

यसैगरी कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले समग्र पालिकाको सेवा प्रवाह सन्तोस जनक देखिएको भएपनि थप सुधार आवश्यक रहेको बताए । उनले सबै शाखा प्रमुखहरुलाई आफुले गर्ने कार्यहरुमा लैंगिक समानता र सामाजिक समाबेसिकरणलाई ध्यानमा राखेर गर्न निर्देशन गरे । सो क्रममा वडा अध्यक्ष र शाखा प्रमुखहरुले आगामी दिनमा पालिकाको समग्र सुधारका लागि ध्यान दिने प्रतिबद्धता गरेका थिए । बास नेपालका निर्देशक हेमराज भट्टले लैससास परिक्षणको नतिजा प्रश्तुतीकरण गरेको कार्यक्रममा स्वागत बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए । बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सहजिकरण गरेको कार्यक्रममा कार्यपालिका, शाखा प्रमुख गरी ४० जनाको सहभागिता रहेको थियो ।

