(Saturday 25th of July 2026)
`

जनमत रक्तदान अभियानको ६८ औं श्रृङ्खलामा ४९ जनाले गरे रक्तदान

  • सगरमाथा गन्तब्य
  • 3.5K
    SHARES

    नेपालगन्ज, (बाँके) । – गोपाल(नीना फाउण्डेसन, नेपाल र जनमत अर्ध साप्ताहिकद्वारा नेपालगन्जमा आयोजना गरिएको रक्तदान कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार, औषधि व्यवसायी, नेपालगन्ज साइकल क्लबका प्रशिक्षार्थीहरु तथा नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरेका छन् । “रक्तदान जीवनदान” भन्ने नाराका साथ शनिवार सम्पन्न जनमत रक्तदान अभियानको ६८ औं श्रृङ्खलामा ४ जना महिला सहित ४९ जनाले रक्तदान गरेका हुन् ।
    गोपाल नीना फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, फाउण्डेसनकी सह–निर्देशक डा. तृप्तीपाल रमण, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवालले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा र होमराज गिरीलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । “रक्तदान जीवनदान”को महान उद्देश्यका साथ जनमत अर्ध साप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको “त्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६८ औं श्रृङ्खला”मा रक्तदान गर्नेहरुमा स्वयंसेवी नियमित रक्तदाताहरुमा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका उपाध्यक्ष मान बहादुर केसी निशान्त, कोषाध्यक्ष मनमोहन वर्मा, कोषाध्यक्ष मनमोहन वर्मा, नेपाल स्वयंसेवी रक्तदाता राप्ती सोनारी गाउँपालिका उपसमितिका सल्लाहकार तथा वार्ड नं.६ का वडाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारी उपशाखाका सल्लाहकार लवराज खरेल, उपाध्यक्ष अमृता केसी, निरजमान श्रेष्ठ, लक्ष्मण प्रसाद वैश्य, उर्दू साहित्यकार असफाक संघर्ष जसगढ, पवन कुमार प्रसाद वैश्य, गौतम प्रसाद पौडेल, विनोद कुमार वैश्य हुनुहुन्छ ।
    उक्त कार्यक्रमका लागि डिजिटल हेल्थ पार्टनर हेल्थ याद आयो (मोवाइल हेल्थ एप), अन्नपूर्ण ग्याष्टूो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँके, कला कृति, सेभेल क्याफे लगायतले समन्वय र सहकार्य गर्दै आएको छ ।
    यसैगरी अन्यरक्तदान गर्नेहरुमा डा. सबिन अधिकारी, डा. लोकेन्द्र कँुवर, डा. चन्दन सिंह, अन्नपूर्ण दैनिकका उपसम्पादक शंकर प्रसाद खनाल, स्वास्थ्यकर्मी टिकाराम खनाल, गगन सिंह थापा, गोपाल–नीना फाउण्डेसन नेपालका कमलेश कुमार कर्ण, नेरेसो बाँकेका सञ्जय बढही र ओम प्रकाश गोडियाले रक्तदान गर्नु भएको थियो ।
    त्यस्तै महेश श्रेष्ठ, मनिष श्रेष्ठ, बिर्जन रजाली, विनय कुमार साह, कृपा हस्पिटलका लेखापाल धीरज सिंह, आरम्भ बैश्य, पदम श्रेष्ठ, रमेश चौधरी, धर्मेन्द्र यादव, सनम थारु, युवराज थापामगर, बाबुराम, दिनेश प्रसाद तमोली, झपेन्द्र बहादुर शाह, शालिकराम कुर्मी, धर्मेन्द्र कुमार वर्मा, राजितराम अहिर, विवेक शाही, माधव प्रसाद जैसी, तुलसी सार्की, विष्णु केसी, तुलसी कुँवर, आश्वीन पुनमगर लगायत ४९ जनाले रक्तदान गर्नुभएको थियो ।


    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, होमराज गिरी, हिमाँशु मौर्या, प्रशान्त थारु, सञ्जय बढही र वीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नुभएको थियो ।
    कार्यक्रमलाई सफल पार्न गोपाल(नीना फाउण्डेशनका स्वयंसेवकहरु विजयन्त जि.सी., दक्षिणा क्षेत्री, रोशनी रानामगर, पवित्रा थापामगर तथा नरेन्द्र विक्रम शाह, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारी गाउँपालिका उपसमितिका उपाध्यक्ष अमृता के.सी. लगायतले सक्रिय सहयोग गर्नु भएको थियो । सो रक्तदान कार्यक्रममा स्वयम्सेवी रक्तदाताहरुलाई टिसर्ट प्रदान गरिएको थियो ।
    उल्लेखनीय छ, गोपाल-नीना फाउण्डेसन, नेपालले यसअघि पनि विभिन्न किसिमका शिक्षा, निःशल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology