(Saturday 25th of July 2026)
`

अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसमा एक दिने स्वास्थ्य शिविर

  • सगरमाथा गन्तब्य
  • 3.7K
    SHARES

    चैत–४,नेपालगन्ज – अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्थाको १३ औं स्थापना दिवसको अवसरमा एक दिने स्वास्थ्य शिविरको आयोजना गरेको थियो । बिक्रम सम्वत २०६९ साल चैत ५ गते महिलाहरुले स्थापना गरेको सहकारीले बिशेष गरेर महिला तथा बलवालिकाहरुको सशक्तिकरण ,सामाजिक बिकासमा भुमिका खेल्दै आईरहेको छ । नेपालगन्ज नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर २० राझा एएरपोर्टमा आफ्नै कार्यालय भवनवाट सेवा प्रवाह गरिरहेको संस्थाले महिलाहरुको स्वास्थ्य र प्रजनन स्वास्थ्य समस्यालाई ध्यान दिंदै एक दिने स्वास्थ्य शिविरको आयोजना संस्थाको आफ्नै भवनमा गरेको हो । बिसी मेडीकल हल नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर २० को सहयोगमा भेरी अस्पताल नेपालगन्जमा कार्यरत महिला तथा प्रसुतिरोग बिशेषज्ञ डा. मन्जु विष्टद्वारा एक सय पचास भन्दा बढी महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
    संस्थाको १३ औं स्थापना दिवसको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा निम्त्याईएका जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले स्थापना दिवसको शुभकामना ब्यक्त गर्नुका साथै संस्थाले गरेको प्रगति अहिलेको सहकारीहरुको बिसम परिस्थितिमा पनि अनुकरणिय र उदाहरणिय रहेको वताउदै १ हजार ४ सय साठी शेयर सदस्य रहेको संस्थामा १ करोड १३ लाख ६६ हजार नौंसय शेयर पूंजि रहेको, ५ करोड ९८ लाख ७३ हजार १७ बचत, १ करोड ५३ लाख ५ हजार ३ सय ४१ बैंक मौजाद ,६ करोड ११ लाख ८२ हजार ३ सय पचास ऋण लगानि भई हाल सम्म ८ करोड ४६ लाख १४ हजार ९ सय अठ्सठ्ठी रुपैंया जम्मा कारोवर रहेकोले बाँके जिल्लामा अब्वल सहकारी संस्थाको रुपमा स्थापित भएको बताए ।


    बिशिष्ठ अतिथिको मन्तब्य राख्दै महिला तथा प्रसुति बिशेषज्ञ डा. बिष्टले महिला मात्रले संचालन गरेको सहकारीमा निम्ता गरेर महिलाहरुको सेवा गर्नपाएकोमा आयोजकलाई धन्यवाद दिंदै आगामी दिनमा सहकार्य गर्ने पर्तिवद्धता ब्यक्त गर्नुका साथै यसरि आफ्ना समस्या ब्यक्त गर्न सकस मान्ने महिलाहरुलाई निर्धक्क समस्या ब्यक्त गर्ने बातावरण मिलाएकोमा आयोजक संस्थालाई धन्यवाद समेत दिएकी थिईन । कार्यक्रममा संस्थाकी अध्यक्ष भिमा गुरुंगद्वारा प्रमुख अतिथि, बिशिष्ठ अतिथि ,अतिथि तथा कार्यक्रमलाई सफल बनाउन भूमिका खेल्ने सम्पूर्णमा आभार ब्यक्त गरेकी थिईन । संस्थाकी कोषाध्यक्ष शान्ति न्यूरेद्वारा शुभकामना मन्तब्य राखेको कार्यक्रमा सचिव रिता सुनारीले संचालन गरेकी थिईन भने निबर्तमान कार्यसमिति अध्यक्ष हरिकला कंणेल कार्यसमितिकी उपाध्यक्ष सुन्दरी क्षेत्री ,लेखा समिति संयोजक टिका भट्टराई र सदस्यहरु रुपा सार्की ,लक्ष्मी मान्धर, पवित्रा थापा, प्रमिला गोले वुढाथोकी, सुष्मा कुमारी गुरुंग, लक्ष्मी श्रेष्ठ पूर्व सदस्य सिता कंणेल, संस्थाकी ब्यवस्थापक सुमित्रा थापा लगायत सहकारीका सदस्यहरु र स्थानियहरुको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology