(Wednesday 28th of October 2026)
`

मालपोतमा ‘नागरिक सहायता कक्ष’, इस्तियाकले चुनावी वाचा पुरा गर्दै

  • सगरमाथा गन्तब्य
  • 3.5K
    SHARES

    नेपालगन्ज । बाँके क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सांसद मोहम्मद इस्तियाक राईले निर्वाचनमा गरेको वाचा पुरा गर्दै मंगलवार भूमि सुधार तथा मालपोत कार्यालय बाँकेमा ‘नागरिक सहायता कक्ष’को उद्घाटन गर्नुभएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा राईले ‘निर्वाचन जितेको पन्ध्रदिन भित्र सेवा केन्द्र स्थापना गर्ने’ घोषणा गर्नुभएको थियो । निर्वाचन जितेको दश दिनमै सेवा केन्द्र शुरु भएको हो । सेवा केन्द्र उद्घाटन गर्दै राईले भन्नुभयो,–‘कागजात जलेका कारण श्रेष्ता कायम गर्न नागरिकले पैसा खर्च गर्नु परेको र निकै दुःख झेल्नुपरेको कुरा सुनाउनु भएको थियो । त्यही दुःख देखेर मैले सेवा केन्द्रको वाचा गरेको थिए ।’
    सेवा केन्द्र संचालन भएकोमा खुसी ब्यक्त गर्दै सांसद राईले ‘आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत हुने’ बताउदै भन्नुभयो,–‘ यहाँ सबैले सेवा लिन पाउनुहुन्छ तर जसले लेखापढीमा आर्थिक जोहो गर्न सक्नुहुन्न उहाँहरुले बढि भन्दा बढि सेवा उपभोग गर्नुहोला !’ राईले सेवा केन्द्र स्थापनामा सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार, नेपालगन्ज उपमहानगरपालिका र मालपोत तथा भूमिसुधार कार्यालय बाँकेलाई धन्यवाद दिनुभयो ।
    उहाँले सेवा केन्द्र सम्बन्धि वाचा पुरा भएको बताउँदै अन्य वाचा पनि पुरा भएरै छाड्ने बताउनुभयो । ‘मेरो वाचा पुरा भयो की भएन काउन्टडाउन गर्नुहोला ।’– राईले भन्नुभयो,–‘ अरु जनप्रतिनिधिले पनि वाचा गरेका होलान्, उनीहरुको पनि निगरानी गर्नुहोस् ।’
    सेवा केन्द्र उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री आदेश अग्रवाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट सहभागी हुनुहुन्थ्यो । उहाँहरुले सांसद राईको पहलमा सेवा केन्द्र स्थापनाको पहलकदमी लिएको भन्दै आगामी दिनमा नागरिकको सेवा सुविधाका लागि मालपोत कार्यालयलाई थप सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
    भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख सविन चौधरीले सेवा केन्द्र स्थापनाले लेखापढि सम्बन्धि कामका नागरिकलाई सहायता पुग्ने बताउँदै भन्नुभयो, –‘माननीय सांसदलाई पहलकदमीका लागि धन्यवाद । सहयोगका लागि प्रदेश र उपमहानगप्रति आभार ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology