(Wednesday 28th of October 2026)
`

फाइनान्सको सुविधान सहित “न्यू महिन्द्रा इभी अटो” नेपालगन्जमा

  • सगरमाथा गन्तब्य
  • 4K
    SHARES

    नेपालगन्ज, २९ फागुन – नेपालगन्ज–२० स्थित भेरी–कर्णाली पेट्रोल पम्प नजिक रहेको “बी.जी. अटो पाट्र्स प्रा.लि.”ले महिन्द्राको नयाँ विद्युतीय अटो सार्वजनिक गरेको छ । शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको “न्यू महिन्द्रा इभी अटो” औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।
    कार्यक्रममा स्थानीय व्यवसायी, यातायात क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्युतीय सवारी साधनको प्रयोग, यसको फाइदा तथा भविष्यमा बढ्दो प्रयोगको सम्भावनाबारे पनि जानकारी गराइएको आयोजकले जनाएको छ ।
    सार्वजनिक गरिएको महिन्द्रा ट्रिओ विद्युतीय अटो वातावरणमैत्री, शक्तिशाली र खर्चका हिसाबले किफायती सवारी साधनका रूपमा चिनिन्छ । पेट्रोलियम पदार्थको खपत घटाउने तथा वातावरणीय प्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रभावकारी हुने विश्वास लिइएको छ ।
    कार्यक्रमका क्रममा कम्पनीका प्रतिनिधिहरूले विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गइरहेको र आगामी दिनमा अझ विस्तार हुने अपेक्षा व्यक्त गरेका थिए । उनीहरूले विद्युतीय सवारी साधनले वातावरण संरक्षणमा समेत महत्वपूर्ण योगदान पु¥याउने बताएका छन् । इभी अटो लिन चाहनेलाई सहजै विना झन्झट किस्ता बन्दिमा समेत लिन सकिने आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology