नेपालगन्ज –नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा नेपालगन्ज मोडल एकेडेमी (एन.एम.ए.) ले मंगोलियन स्पोट्र्स क्लबलाई ६ विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ ।
रुखेलमा पहिले ब्याटिङ गरेको मंगोलियन स्पोट्र्स क्लब ले निर्धारित १६ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन बनाएको थियो । टोलीका लागि दीपेश शाही ले सर्वाधिक १९ रन जोडे भने अफ्रोज खान र बिभिन्न खेलाडीहरूले सानो–सानो योगदान दिएका थिए ।
रु११७ रनको लक्ष्य पछ्याएको नेपालगन्ज मोडल एकेडेमी ले संयमित ब्याटिङ गर्दै ४ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो। टोलीका लागि पारस देवकोटा ले उत्कृष्ट प्रदर्शन गर्दै ३७ बलमा ५३ रनको आकर्षक अर्धशतक प्रहार गरे । उनले आफ्नो इनिङ्समा १० चौका प्रहार गर्दै टोलीलाई जिततर्फ डो¥याए ।
रुत्यसैगरी बिवेक पुन मगर ले १९ रनको महत्वपूर्ण योगदान दिए भने अनिल घिस्टिङ अविजित १२ रन र शिवा केसी अविजित ४ रन बनाउँदै टोलीलाई जितसम्म पु¥याए । रुउत्कृष्ट अलराउन्ड प्रदर्शनका लागि पारस देवकोटा खेलको प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत अन्य खेलहरू पनि नेपालगन्जमा जारी रहेका छन् ।

