(Saturday 25th of July 2026)
`

खडैचामा घरदैलो : उम्मेदवार बिष्टसहित डिल्ली बरालको उपस्थितिले डुडुवा–१ मा चुनावी ताप बढ्यो

  • सगरमाथा गन्तब्य
  • 3K
    SHARES

    बाँके । डुडुवा गाउँपालिका वडा नं. १ अन्तर्गत खडैचा गाउँमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी (लुम्बिनी प्रदेश) सचिवालय सदस्य डिल्ली बराल (अमिर) सहित स्थानीय नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
    खडैचाका टोल–टोलमा पुगेर उम्मेदवार बिष्टले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्नुभयो। कृषि, सिँचाइ, सडक, शिक्षा, स्वास्थ्य र युवालाई रोजगारी सिर्जनाजस्ता विषयमा स्थानीयले आफ्ना समस्या राखेका थिए । बिष्टले ती विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकासलाई व्यवहारमा उतार्ने अठोट दोहोर्याउनुभयो।
    कार्यक्रममा बोल्दै डिल्ली बराल (अमिर) ले क्षेत्रको समग्र विकासका लागि एकीकृत प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले जनताको सक्रिय सहभागिताले मात्र समृद्धिको आधार तयार हुने धारणा राख्नुभयो ।
    घरदैलोका क्रममा देखिएको उत्साहले खडैचामा चुनावी माहोल थप सक्रिय बनेको सहभागीहरूको भनाइ छ । महिला, युवा र ज्येष्ठ नागरिकको सहभागिताले कार्यक्रमलाई जीवित बनाएको थियो। “हामीलाई सुन्ने नेतृत्व चाहिएको हो,” एक स्थानीयको प्रतिक्रिया थियो ।
    उम्मेदवार बिष्टले जनताले देखाएको विश्वासलाई आफ्नो जिम्मेवारी ठान्दै भन्नुभयो, “खडैचाको विकास र डुडुवाको समग्र प्रगति मेरो प्राथमिकता हो ।” यसरी, खडैचा गाउँमा सम्पन्न घरदैलो अभियानले बाँके क्षेत्र नं. २ मा उम्मेदवार बिष्टको अभियानलाई थप मजबुत बनाएको संकेत देखिएको छ। स्थानीयस्तरमा देखिएको सहभागिता र समर्थनले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology