नेपालगन्ज, । नेपालगन्जका लागि आइकार (iCAUR) ब्रान्डको आधिकारिक बिक्रेता सिद्धार्थ लिंक प्रा. लि. ले बहुप्रतीक्षित आइकार भी–२३ लाइफस्टाइल विद्युतीय एसयूभीलाई नेपालगन्जमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । बिहीवार एक कार्याक्रमको आयोजना गरि आकर्षक रेट्रो स्वरूप र अत्याधुनिक साइबर प्रविधि इन्जिनियरिङको संयोजन रहेको यो सवारी साधन नेपालगन्जस्थित ओमोडा एण्ड जेको शोरुममा आयोजित भव्य समारोहका बीच सार्वजनिक गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी तथा विशिष्ट अतिथिका रूपमा संघका उपाध्यक्ष चिरञ्जीवी ओलीको उपस्थिति रहेको थियो । साथै सिद्धार्थ लिंक प्रा. लि. का प्रबन्ध निर्देशक विवेककुमार श्रेष्ठ, निर्देशकद्वय ऋषिराम कँडेल र केशवराज न्यौपाने, सञ्चारकर्मी, ग्राहक तथा एसपीजी अटोमोबाइल्स प्रा. लि. का व्यवस्थापन तहका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा अटोमोबाइल क्षेत्रका उत्साही, वातावरणमैत्री सवारी साधनप्रति रुचि राख्ने उपभोक्ता तथा स्थानीय सञ्चारमाध्यमहरूको उल्लेख्य उपस्थिति देखिएको थियो ।

“बर्न टु प्ले” (खेल्नकै लागि जन्मिएको) भन्ने अन्तर्राष्ट्रिय दर्शन अन्तर्गत डिजाइन गरिएको आइकार भी–२३ एक रेट्रो प्रेरित पूर्ण विद्युतीय अफ–रोड एसयूभी हो । यसले परम्परागत रग्ड स्वरूप र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गर्दछ । ४९ लाख ९९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको यो सवारी साधनलाई पेट्रोल गाडीहरूको दिगो र आकर्षक विकल्पका रूपमा बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
यस सवारी साधनमा ५९.९३ किलोवाट–घण्टाको एलएफपी ब्याट्री तथा १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले एकपटक पूर्ण चार्ज गर्दा ४०१ किलोमिटर (सीएलटीसी मापदण्ड अनुसार) सम्मको यात्रा दूरी प्रदान गर्दछ । क्लासिक गोलाकार हेडलाइट, २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र बक्सी डिजाइनले यसलाई शहरी तथा अफ–रोड यात्राका लागि उपयुक्त बनाएको छ ।
साथै, यसमा १५.४ इन्चको प्रिमियम इन्फोटेन्मेन्ट डिस्प्ले, लेभल–२ उन्नत चालक सहायता प्रणाली (एडास) जस्ता सुरक्षात्मक सुविधा रहेका छन् । पछाडिका सिट फोल्ड गर्दा ७४४ लिटर क्षमताको विशाल सामान राख्ने स्थान उपलब्ध हुन्छ ।
प्रिमियम लाइफस्टाइल सेग्मेन्टमा प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गरिएको आइकार भी–२३ को डेलिभरी प्रि–बुकिङ गरिसकेका ग्राहकहरूका लागि एसपीजी अटोमोबाइल्स प्रा. लि. को नेपालभर फैलिएको आधिकारिक डिलर नेटवर्कमार्फत तत्काल सुरु गरिने कम्पनीले जानकारी दिएको छ ।

