(Saturday 25th of July 2026)
`

यामाहा ब्लू स्ट्रीक्स भेरी च्याप्टर राइड सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 3.9K
    SHARES

    काठमाडौँ, – एमएडब्लू राइड्स अन्तर्गत नेपालभर सशक्त डिलर तथा सर्भिस नेटवर्क भएको विश्वकै लोकप्रिय टु–व्हिलर ब्राण्ड यामाहाले यामाहा ब्लू स्ट्रिक्स राइड सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्नो राइडर समुदायबीच आपसी सम्बन्ध अझ सुदृढ बनाउनुका साथै सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रवद्र्धन गर्न यामाहाद्वारा आयोजित उक्त राइड एम.ए.डब्लु. प्रा. लि., नेपालगञ्जबाट सुरु भई गाभर बाँकेमा समापन भएको थियो ।
    करिब ६० किलोमिटर दूरी तय गरिएको राइडमा कुल २० जना यामाहा राइडरहरूको उत्साहजनक सहभागिता रहेको थियो । राइडका क्रममा विभिन्न गतिविधिहरू आयोजना गरिएको थियो, जसमध्ये स्लो रेसमा जतिन बाल्मीकि विजयी भए ।
    यस यामाहा ब्लू स्ट्रीक्स राइडमा सहभागीहरू मध्येबाट राइडिङ अनुभव, सुरक्षित राइडिङप्रतिको प्रतिबद्धता, उत्साह र नेतृत्व क्षमताको आधारमा योजेन्द्र सुनुवार र दर्शन पुन यस यामाहा ब्लु स्ट्रीक राइडको मार्शल छानिएको थियो ।


    यामाहा ब्लु स्ट्रीक्स यामाहा नेपालको आधिकारिक राइडिङ समुदाय हो जसले सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिको प्रवद्र्धन गर्नुका साथै राइडरहरूबीच भाइचारा, अनुशासन र वास्तविक राइडिङ अनुभवलाई प्रोत्साहन गर्दै आएको छ । यामाहा नेपालले भविष्यमा पनि यस्ता समुदाय केन्द्रित राइडहरू निरन्तर आयोजना गर्दै सुरक्षित, जिम्मेवार र अर्थपूर्ण राइडिङ अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
    एमएडब्ल्यू राइड्स अन्तर्गत यामाहा नेपालले आफ्नो नवीन इन्जिनियरिङ, भरपर्दो प्रदर्शन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका कारण नेपालको सबैभन्दा विश्वासिलो दुई–पांग्रे ब्रान्डमध्ये एकको रुपमा आफ्नो अग्रस्थान कायम राख्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology