(Wednesday 28th of October 2026)
`

कोहलपुर महोत्सवमा निरन्तर उपस्थित रहने एकमात्र कलाकार बद्री पंगेनी

  • सगरमाथा गन्तब्य
  • 4K
    SHARES

    कोहलपुर । कोहलपुरमा जारी कोहलपुर महोत्सवको सातौँ संस्करण दर्शकको उल्लेखनीय सहभागितासहित सञ्चालन भइरहेको छ । यही पुस ९ गतेदेखि सुरु भएको महोत्सवको ११औँ दिन शनिबार चर्चित गायक बद्री पंगेनीले आफ्नो विशेष प्रस्तुति दिएका छन् ।
    प्रस्तुति दिनुअघि गायक पंगेनीले कोहलपुरवासीप्रति धन्यवाद व्यक्त गर्दै, कोहलपुरमा महोत्सव सुरु भएदेखि हालसम्म आयोजना भएका सबै महोत्सवमा सहभागी हुन पाएको आफू एकमात्र भाग्यमानी कलाकार भएकोमा खुसी व्यक्त गरे । उनले महोत्सवका आयोजकहरूलाई निरन्तर निमन्त्रणाका लागि आभार समेत प्रकट गरे ।
    महोत्सवको ११औँ दिन बद्री पंगेनीसँगै चर्चित गायक यम टी महर, गायिका प्रीती आले तथा मोडल टिका जैसीलगायतका कलाकारहरूले पनि दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरे । चिसो मौसमका बाबजुद महोत्सव परिसर दर्शकले खचाखच भरिएको थियो ।
    दर्शकको उल्लेखनीय आकर्षण र सहभागिता उत्साहजनक रूपमा बढेपछि महोत्सवको अवधि थप गरिएको आयोजकले जनाएको छ । अब महोत्सव पुस २४ गतेसम्म सञ्चालन हुनेछ ।
    आज प्रस्तुत हुने कलाकारहरू
    महोत्सवको १२औँ दिन आइतबार चर्चित गायक कमल खत्री, कुलेन्द्र विक, गायिका शान्तिरानी परियार, उदयमान गायक ऋषी थापा तथा मोडल सिन्दु चन्द ठकुरीलगायतका कलाकारहरूको प्रस्तुति रहनेछ । साथै स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने कला, संस्कृति तथा अतिथि सत्कार उप–समितिका संयोजक चण्डी प्रसाद गैरेले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology