(Wednesday 28th of October 2026)
`

नेपालगन्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदी

  • सगरमाथा गन्तब्य
  • 5.5K
    SHARES

    नेपालगन्ज — भनिन्छ, एउटा कारागार खुल्नु भनेको दशवटा विद्यालय बन्द हुनु जस्तै हो । तर अपराध नियन्त्रणका लागि विभिन्न निकाय हुँदाहुँदै पनि नेपालमा अपराध किन बढ्दै छ भन्ने प्रश्न अझै अनुत्तरित छ ।
    नेपालगन्ज कारागारको अवस्था यसैको उदाहरण बनेको छ । ३ सय ५० जनाको क्षमता रहेको कारागारमा हाल ८ सय २० जना कैदीबन्दी राखिएका छन् । जसमा ४ सय ३६ जना कैदी र ३ सय ८३ जना थुनुवा रहेका छन् । विक्रम संवत् २ हजार सालमा स्थापना भएको जिर्ण भवनमा कैदीबन्दी बस्न बाध्य छन् ।
    कारागार कार्यालयका नायब सुव्वा दिपेन्द्र प्रसाद पौडेलका अनुसार क्षमता भन्दा बढी भए पनि सम्बन्धित निकायको निर्देशनअनुसार कैदी राख्नुपर्ने बाध्यता छ । कारागारमा ९७ जना विद्यार्थी रहेका छन् र उनीहरूको पढाइको व्यवस्था गरिएको भए पनि बसोबास र व्यवस्थापनमा समस्या कायमै छ ।
    कैदीबन्दीहरू आफूले अपराध गरेकाले सजाय भोग्न तयार रहेको बताउँछन् । तर सजायका नाममा अमानवीय अवस्था सहनु नपरोस् भन्ने उनीहरूको माग छ ।
    नेपालगन्ज कारागार मात्र होइन, देशभरका अधिकांश कारागारमा यस्तै समस्या रहेको भन्दै क्षमता अनुसार कैदी व्यवस्थापन कहिले हुन्छ भन्ने प्रश्न आम नागरिकले उठाएका छन् । अपराध नियन्त्रणमा खर्च भएको करोडौँ बजेटको उपलब्धि कहाँ छ भन्ने जिज्ञासा समेत बढ्दै गएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology