(Wednesday 28th of October 2026)
`

प्रथम प्याब्सन खजुरा रनिङ शिल्ड प्रतियोगिता हुने

  • सगरमाथा गन्तब्य
  • 7K
    SHARES

    खजुरा : बाँकेको खजुरा गाउँपालिका स्थित मिनी रंगशालामा भोलि शुक्रबार देखि प्रथम खजुरा रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) खजुराको आयोजना र व्यवस्थापनमा पहिलो पटक खजुरा क्षेत्रमा रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा खजुरा क्षेत्रका १० विद्यालय बीच प्रतिस्पर्दा हुने प्याब्सन खजुराका अध्यक्ष गीता गोदार क्षेत्रीले जानकारी दिइन् । प्याब्सन खजुराले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै प्रावि र मावि स्तरीय खेलकुद प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।

    खजुरा क्षेत्रमा रहेका निजी मावि तहमा कथा १० सम्मका विद्यार्थीहरुमा खेलकुदको अभिरुचि बढाई अब्बल खेलाडी उत्पादन गर्ने उद्देश्यले रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको प्याब्सन खजुरा अध्यक्ष क्षेत्रीले जनाइन् । रनिङ शिल्ड खेलकुद प्रतियोगितामा १० विद्यालयका करिब ५ सय खेलाडी विद्यार्थीहरुले सहभागिता जनाउने सचिवालय संयोजक नरेन्द्र ददेलले जानकारी दिए । शुक्रबार देखि आयोजना हुने रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भलिबल छात्र ÷ छात्रा, एथलेटिक्स छात्र÷छात्रा बीच हुनेछ । प्रावि तहमा ५ खेल हुने फिल्ड मार्सल राजेन्द्र आचार्यले जनाए । रनिङ शिल्ड सञ्चालन गर्का लागि १० जना खेल प्राविधिक खटिने खेल प्राविधिक संयोजक चन्द्र गुरुङले जानकारी दिए । प्रथम प्याब्सन खजुरा रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तूफानले गर्ने आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology