(Wednesday 28th of October 2026)
`

दाङमा गर्जिए महेश बस्नेत : ओलीकै नेतृत्वमा देश र पार्टी बलियो हुन्छ

  • सगरमाथा गन्तब्य
  • 8.2K
    SHARES

    अविसेक डाँगी, दाङ – नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि प्रश्न उठाउनु ‘राजनीतिक अपराध’ भएको बताएका छन्। उनले ओलीको विकल्प खोज्ने प्रयास पार्टी र देश दुवैका लागि घातक हुने चेतावनी दिए। दाङमा आयोजित कार्यक्रममा बस्नेतले भने, “पार्टीभित्र ओलीलाई अध्यक्ष हुन नहुने भन्ने आवाज केवल मतभिन्नता होइन, संगठनलाई भत्काउने, बाह्य स्वार्थको खेल हो।” उनका अनुसार यस्तो गतिविधिले एमालेको एकता र विचारमा आघात पुर्‍याउँछ र देशको हितविपरीत ठहरिन्छ। बस्नेतले पार्टीभित्र देखिएको वैकल्पिक नेतृत्व खोज्ने प्रवृत्तिलाई ‘संविधान र संगठनविपरीतको अनैतिक अभ्यास’ भन्दै कडा शब्दमा चेतावनी दिए। उनले भने, “जसले पार्टीलाई भत्काउने षड्यन्त्र गर्छ, उसले जनताको भरोसा र संगठनको सिद्धान्त बेचिरहेको हुन्छ।” उनले पार्टीभित्रका असभ्य, अनर्गल र गुप्त गठबन्धनविरुद्ध स्पष्ट नीति र कडा अनुशासन आवश्यक रहेको उल्लेख गर्दै भने, “अब समय आएको छ — जसले संगठन र जनतालाई धोका दिन्छ, उसलाई आँखामा आँखा पारेर जवाफ दिनुपर्छ।” बस्नेतले पार्टी नेतृत्वलाई आह्वान गर्दै भने, “यदि ओलीको विकल्प खोज्ने नाममा कसैले संगठनविपरीत गतिविधि गरिरहेको प्रमाण भेटियो भने, पार्टीले कुनै भेदभाव नगरी तत्काल कडा कारवाही गर्नुपर्छ।” उनका अनुसार एमालेको एकता केवल नारा होइन, त्यो पार्टीको अस्तित्वसँग जोडिएको सिद्धान्त हो। त्यसको रक्षा गर्न सबै तहका कार्यकर्ता र नेतृत्व जिम्मेवार बन्नुपर्ने उनले जोड दिए। कार्यक्रममा उनले अन्त्यमा भने, “राजनीति खेल होइन, जिम्मेवारी हो। जसले पार्टी र देशलाई जोखिममा पार्छ, उसलाई अनुशासन र कानुन अनुसार कारवाही हुनैपर्छ। एमाले आज निर्णायक मोडमा छ — कडा निर्णय लिन सके मात्र पार्टीको गौरव र जनआस्था जोगिन्छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology