(Wednesday 28th of October 2026)
`

सार्वजनिक सुनुवाइमा सरोकारवालाहरूको भनाइ — सामुदायिक सुरक्षा जालो महिलाको सुरक्षाको आधार

  • सगरमाथा गन्तब्य
  • 11.2K
    SHARES

    नेपालगन्ज: सामुदायिक सुरक्षा जालो पीडित महिलाहरुको सारथी बन्दै गएको छ। नेपालगन्ज टेवा नेपाल काठमाडौ र फतिमा फाउन्डेशन को संयुक्त आयोजनामा गरिएको समुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण कार्यक्रम अन्तर्गत गरिएको सार्वजनिक सुनुवाई सरोकारवाला हरुले यस्तो बताएका छन्। सार्वजनिक सुनुवाई कार्यक्रममा वक्ताको रुपमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगूर जिसी, नेपालगन्ज उपमहानगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पवित्रा पूरी, शिक्षा युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत लोकेन्द्र बहादुर शाही, भेरी अस्पताल का एकद्वार संकट व्यवस्थापन केन्द्रका चिकित्सक डाक्टर अर्विन शाक्य, नारी विकास केन्द्रका कोषाध्यक्ष रचना श्रेष्ठ, फेडो संस्थाको निर्मला सुनार, जेंजी युवा प्रतिनिधिको रूपमा युवा उद्यमी प्रेमा कुमारी ओली रहनु भएको थियो। छलफलमा भाग लिँदै बाँकेको प्रहरी प्रमुख अंगूर जिसी ले बाँकेको शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन अहोरात्र प्रयास गरिरहेको भन्दै प्रहरी नागरिक बीचको सुमधुर सम्बन्ध ले नै महिला बालबालिका संग सम्बन्धित तथा विभिन्न आपराधिक क्रियाकलाप लाई न्यूनीकरण गर्न सकिने बताउनु भयो।साथै अपराध लाई न्यूनीकरण गर्नका लागि समाजमा कुनै पनि आपराधिक क्रियाकलाप भएको जानकारी प्रहरीमा रिपोर्ट गर्न समेत आग्रह गर्नुभएको छ। भेरी अस्पताल अन्तर्गत एकद्वार संकट व्यवस्थापन केन्द्र का चिकित्सक डाक्टर अर्विन् शाक्यले लैंगिक हिंसा बाट पीडित महिला बालबालिका का उपचार तथा अन्य न्यायिक प्रक्रिया का लागि केन्द्रले दक्ष जनशक्ति परिचालन गरेर विभागले दिनुपर्ने सेवा सुविधा प्रदान गरिरहेको जानकारी गराउनुभयो साथै त्यसका लागि सामाजिक संघ संस्थाहरु संग पनि आवश्यक समन्वय र सहकार्य आवश्यक रहेको जिकिर गर्नुभयो। महिला तथा बालबालिका ज्येष्ठ नागरिक शाखा प्रमुख पवित्रा पुरीले भदौ २३ र २४ गते भएको आन्दोलन ले गर्दा अहिले शाखा बाट प्रदान गर्नु पर्ने सेवा सुविधाहरु प्रदान गर्न कठिनाई परिरहेको जिकिर गर्दै अपाङ्गता परिचय पत्र प्रदान का काम केही समय पछि मात्र सुरु गर्ने बताउनु भयो। वहाँ को अनुसार अहिले स्थानीय सरकार को बजेट पुन निर्माण मै खर्च हुने तर आउने पुस को अधिवेशन ले सामाजिक विकासका बजेट बाट केही हद सम्म लक्षित विकास का कार्यक्रम सञ्चालन गर्न अथक प्रयास गरिरहेको जोड दिनुभयो। शिक्षा युवा तथा खेलकुद महाशाखा का अधिकृत तथा सूचना अधिकारी लोकेन्द्र शाहीले स्थानीय सरकारका सूचना हरु आम सर्वसाधारण सम्म पुर्याउन आफू हरु लागिपरेको बताउनु भयो,नागरिक ले सरकार संग सहज तरिकाले सूचना पाउनुपर्छ त्यसका लागि हामी प्रतिबद्ध छौ,सकिन्छ कार्यालय मै आउनुस् नसके ईमेल मार्फत पनि सूचना प्रदान गर्छौं शाही ले भने। छलफलमा भाग लिँदै महिला अधिकारकर्मी द्वय रचना श्रेष्ठ र निर्मला सुनार ले आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा युवा महिला लाई विशेष प्राथमिकता दिनुपर्ने माग गर्नु भयो।जसको लागि अहिले आफू हरु अहिले बढी मात्रामा मतदाता नामावलीमा छुटेका मतदाता हरु लाई मतदाता नामावली मा नाम दर्ता गर्न अभियान नै सञ्चालन गर्दै अगाडि बढिरहेको जोड दिनुभएको छ।

    युवा प्रतिनिधि को रूपमा सहभागी हुनुभएको प्रेमा कुमारी ओलीले भदौ २३-२४ को आन्दोलन ले मुलुक ठूलो परिवर्तन भएको महसुस गर्दै आगामी दिनमा नेतृत्व तह मा बसेकाहरु ले जनताको माग अनुसार काम गर्नु पर्ने र युवा पुस्ताको साथ सहकार्य बाट अगाडी बढ्नु पर्ने जोडदार अपील समेत गर्नुभयो। कार्यक्रम लाई सम्बोधन गर्दै  कार्यक्रम को अध्यक्ष तथा फतिमा फाउन्डेशन को अध्यक्ष मैमुना सिद्दिकी ले बाँकेको पिछडिएको मधेशी मुस्लिम सीमान्तकृत समुदायको आवाज बुलन्द गराउन संस्था ले अहोरात्र काम गरिरहेको साथै युवा नेतृत्व अबको आवश्यकता रहेको समेत जिकिर गर्नुभयो, जसका लागि अहिले मतदाता नामावली मा नाम दर्ताका लागि सबै जुट्न पर्ने जरुरी रहेको बताउनुभयो। कार्यक्रमको उद्देस्य माथि प्रकाश पार्दै टेवा काठमाडौ को प्रतिनिधि सरस्वती श्रेष्ठ ले सामुदायिक सुरक्षा जालो को आवश्यकता र यसले गर्ने क्रियाकलाप बारे प्रष्ट्याउनु भएको थियो। सो सार्वजनिक सुनावाई लाई फतिमा फाउड्नेशन को सल्लाहकार युवा पत्रकार साहिल अन्सारीले सहजीकरण गर्नुभएको हो। उक्त कार्यकम मा ७० भन्दा बढी महिला हरुको अर्थपूर्ण सहभागिता भएको र यस कार्यक्रम ले नागरिक र सरोकारवाला बीच सहकार्य को वातावरणको सिर्जना भएको  फतिमा फाउन्डेशन का सुबेदा फरहिन ले बताउनु भयो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology